भरतपुर गोल्डकपको उपाधिका लागी आज संकटा र झापा ११ भिड्दै

सफल खबर संवाददाता

शनिबार, ०४ जेठ २०७६, ०८ : २३
भरतपुर गोल्डकपको उपाधिका लागी आज संकटा र झापा ११ भिड्दै

चितवन । सिएमएस भरतपुर गोल्डकपको फाईनल भिडन्त आज हुँदैछ । अपरान्ह ४ बजेपछि हुने खेलमा उपाधिका लागी झापा ११ र संकटा क्लब आमुनेसामुने हुनेछन । 
झापा र संकटा सिधै बाई पाएर क्वार्टरफाईनलमा पुगेका थिए ।  यी दुवै टिमले प्रतियोगितामा दुई २ खेल जितेका छन । प्रतियोगितामा झापा ११ ले ३ गोल गरेको छ भने संकटाको ७ गोल भएको छ । 
संकटाले क्वार्टरफाईनलमा जावलाखेल युथ क्लबलाई टाईबेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो भने सेमिफाईनलमा घरेलु टिम चितवन ११ लाई ४–२ ले पराजित गर्दै फाईनलमा पुगेको हो ।  
उता झापा ११ ले क्वार्टरफाईनलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने सेमिफाईनलमा एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । 
प्रतियोगितामा यी दुई टिमले गरेको प्रदर्शनलाई हेर्दा उपाधि भिडन्त निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान गरीएको छ । 
नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गत्तेदेखि जारी प्रतियोगिता आज सकिदैछ । ए जे ईन्टरनेसनल प्रालीद्धारा आयोजित प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद ३ लाख पाउने छ । 
 

प्रतिक्रिया दिनुहोस