हरेक वर्ष कान्स जान्छिन् ऐश्वर्या

शुक्रबार, ०३ जेठ २०७६, २१ : ४९
हरेक वर्ष कान्स जान्छिन् ऐश्वर्या

काठमाडौं । हरेक साल फ्रान्सको पेरिसमा कान्स फिल्म फेस्टिभल आयोजना हुन्छ । फेस्टिभलमा संसारभरका सेलेब्रिटीको मेला लाग्छ । भारतबाट पनि केही अभिनेत्री रेडकार्पेटमा पुगेकै हुन्छन् । तर, ऐश्वर्या राय बच्चन भने हरेक वर्ष सहभागी हुन्छिन् । आखिर किन जान्छिन् त उनी हरेक साल ? 

अन्तर्राष्ट्रिय कस्मेटिक उत्पादन लोरियल केही वर्षदेखि कान्सको ब्युटी पार्टनर हो । ऐश्वर्या लोरियलको ब्रान्ड एम्बेसडर हुन् । यही कारण ऐश्वर्यालाई कान्स फिल्म फेस्टिभलमा लोरियलको तर्फबाट निम्तो दिइन्छ । ताकि, उनी त्यहाँ गएर लोरियलको सौन्दर्य उत्पादन प्रचार गरून् । लोरियल फ्रेन्च कम्पनी हो ।

यस वर्ष प्रियंका चोपडाले  पनि कान्सको रेडकार्पेटमा क्याटवाक गर्ने अनुमान लगाइएको छ । कान्स फिल्म फेस्टिभल १४ मेबाट सुरु भएर २५ मेमा समाप्त हुनेछ । फेस्टिभलमा जम्मा एक सय ११ फिल्म देखाइँदै छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस