कति कमाउँछ नाटकले ?

शुक्रबार, ०३ जेठ २०७६, १९ : ०३
कति कमाउँछ नाटकले ?

काठमाडौं । ‘रंगमञ्चमा पैसा छैन’ भन्ने भनाइ स्थापित छ। रंगकर्मीले आफ्नो जीवन धान्न पुग्ने पैसा नाटकबाट नपाउने खबर बेला–बेला बाहिरिन्छन्। गुरुकुलको स्थापनादेखि अहिले आएर खुलेका रंगमञ्च तथा थिएटरबाट थुप्रै प्रतिभाशाली कलाकार उत्पादन भइसकेका छन्। यति हुँदाहुँदै पनि नाटकबाट जीवन धान्न सकिन्छ वा सकिँदैन भन्नेबारे अहिले पनि अन्योल नै छ। 

धमाधम नाटकका कलाकार फिल्ममा जानुले पनि कमाइको पाटो नै उद्घाटित गर्छ। के नाटकबाट कमाइ नै हुँदैन ? नाटक गरेर कलाकारलाई खान पुग्दैन ? यस्ता प्रश्न उठि नै रहेका छन्। 

फिल्मजस्तै नाटक पनि ‘हिट’ हुन्छ। नाटकले पनि पैसा कमाउँछ। पछिल्लो समय रंगमञ्च र नाटकमा भएको प्रगतिका कारण नाटकले पनि आम्दानी गर्न थालेको छ। 

पछिल्लो समय मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘जोखाना’ले १६ लाख रुपैयाँ कमाएको समाचार बाहिरियो। रंगकर्मीका लागि यो सुखद समाचार बन्यो। व्यावसायिकतातर्फ उन्मुख नेपाली रंगमञ्चमा यत्तिको कमाइ हुनुले ठूलो महत्त्व राख्छ। पाँच हप्ता प्रर्दशन भएको ‘जोखाना’मा किरात संस्कृति र सभ्यतासँगै सशस्त्र द्वन्द्वको चित्र पाइन्छ। कथाकार वियस राईको कथासंग्रह ‘हिँउमाझी’मा संगृहीत कथा ‘जोखाना’लाई आख्यानकार राजन मुकारुङले नाट्य रूपान्तरण गरेका थिए भने किरण चाम्लिङ राईले निर्देशन गरेका थिए। सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस