नेपालबाट सीधै समुन्द्रसम्म इन्टरनेट केबल जोडिँदै

पत्रपत्रिकाबाट

शुक्रबार, ०३ जेठ २०७६, ०८ : ५७
नेपालबाट सीधै समुन्द्रसम्म इन्टरनेट केबल जोडिँदै

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ ।

नेपालमा ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको हो ।

यसका लागि प्राधिकरणले बिहीबार दोस्रोपटक परामर्शदाता माग गरेको छ । पहिलोपटक भएको मागमा कुनै पनि योग्न परामर्शदाता कम्पनी नभेटेपछि प्राधिकरणले त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस