प्रियंकालाई ओठे जवाफ

विहीबार, ०२ जेठ २०७६, २१ : ०९
प्रियंकालाई ओठे जवाफ

काठमाडौँ । सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय रहने सेलिब्रिटी हुन्, प्रियंका कार्की । दिनमा १०–१५ फोटो पोस्ट नगरे उनलाई खाना पनि रुच्दैन । तर, पोस्ट यस्ता भइदिन्छन् कि उनलाई फलो गर्नेहरू रियाक्ट नगरी बस्नै सक्दैनन् । यस्तोमा ज्यादाजसो उनले नेगेटिभ कमेन्ट नै पाउँछिन् ।

एक समय त यस्ता कमेन्टले वाक्क भएपछि प्रियंकाले रुँदैजस्तो एक पेज लामो गुनासो गरेकी थिइन् । त्यसयता उनलाई मान्छेले पहिलेझैँ गाली त गर्दैनन् तर उनीप्रतिको धारणा खासै परिवर्तन भएको भने देखिन्न । किनभने, हालसालै भएको एउटा घटनाले यही संकेत गर्छ ।

प्रियंका कोरियोग्राफर÷निर्देशक रेनेशा बान्तवा राईको रिसेप्सन पार्टीमा सहभागी हुन गएकी थिइन् । त्यहाँ उनी फोटो खिच्नेबाट घेरिइन् । एकपछि अर्को सेल्फी खिच्नेले नछाडेपछि उनले आफू साथीको विवाहमा आएकाले ‘पहिला भेटेर बधाई त दिऊँ’ भन्दै पन्छिन् खोजिन् ।

तर, फोटो खिच्ने व्यक्ति किन छाड्थे ? प्रियंका निस्कन लागेको देखेपछि प्याच्चै भन्दिए, ‘तपाईंको काम फोटो खिच्ने त हो नि !’ उनको कुराले  प्रियंकालाई कम्ता चित्त दुखेन । तर, चित्त दुखाएर के गर्नु ? उनको इमेजै यस्तो छ । सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस