Safal Khabar - झापा ११ भरतपुर गोल्डकपको फाईनलमा, उपाधिका लागी संकटासँग भिड्ने
आइतबार, ०८ भदौ २०७६ (Sunday, 25 August, 2019)
झापा ११ भरतपुर गोल्डकपको फाईनलमा, उपाधिका लागी संकटासँग भिड्ने
बिहिबार, ०२ जेठ २०७६, २० : २५
झापा ११ भरतपुर गोल्डकपको फाईनलमा, उपाधिका लागी संकटासँग भिड्ने

चितवन । झापा ११ भरतपुर गोल्डकपको फाईनलमा प्रवेस गरेको छ । विहिवार भएको अन्तीम सेमिफाईनलमा एपिएफलाई १ शुन्य गोल अन्तरले पराजित गर्दै झापा फाईनलमा प्रवेश गरेको हो । 
झापाको जितमा खेलको ५८ औँ मिनेटमा निसान लिम्बुले १ गोल गरेका थिए । खेल अवधिभर दुवै टिमबाट गोल हुननसकेपछि निसानको १ गोल नै निर्णायक बन्यो । झापाका निसान नै म्यान अफ द म्याच बने । उनले नगद १० हजार पाए । 
यो जितसँगै झापाले संकटासँगको उपाधि भिडन्त पक्का गरेको छ । संकटा क्लब घरेलु टिम चितवन ११ लाई पराजित गर्दै यसअघिनै फाईनलमा प्रवेस गरीसकेको छ । प्रतियोगिताको फाईनल आगामि सनिवार हुनेछ रेफ्रि सुक्र तामाङले जानकारी दिए । 
उपाधि दावेदारका रुपमा हेरीएको विभागिय टिमहरु एफएफसँगै त्रिभुवान आर्मि र पुलिस प्रतियोगिताबाटै बाहिरीएको छ । 
नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गत्तेदेखि जारी प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । ए जे ईन्टरनेसनल प्रालीद्धारा आयोजित प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद ३ लाख पाउने छ । 
 

प्रतिक्रिया दिनुहोस