नेपाल पत्रकार महासंघले संसद भवन अगाडि प्रदर्शन गर्ने

सफल खबर संवाददाता

विहीबार, ०२ जेठ २०७६, १७ : ३८
नेपाल पत्रकार महासंघले संसद भवन अगाडि प्रदर्शन गर्ने

काठमाडौँ । नेपाल पत्रकार महासंघले शुक्रबार संसद भवन अगाडि प्रदर्शन गर्ने भएको छ । मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा महासंघले काठमाडौंमा संसदबाहिर र अन्य जिल्लाको सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन गर्ने निर्णय गरेको हो ।
आफूले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गर्नुपर्ने माग सम्बोधन नभएकाले थप आन्दोलित हुनुपर्ने अवस्था आएको महासंघले बताएको छ ।
 

प्रतिक्रिया दिनुहोस