पार्टी एकता भाँड्न खोज्ने ईश्वर पोखरेलको अन्तिम बर्बराहट

सफल खबर संवाददाता

विहीबार, ०२ जेठ २०७६, १४ : १७
पार्टी एकता भाँड्न खोज्ने ईश्वर पोखरेलको अन्तिम बर्बराहट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एकता प्रक्रिया भाँड्न भुसको आगो झैैं सक्रिय कोही थियो र छ भने ती महान नेता इश्वर पोखरेल नै हुन् भनी नेकपाको केन्द्रीय नेताहरुबीच अहिले पनि चर्चा हुने गरेको छ । प्रधानमन्त्री केपी ओलीको कृपाले रक्षामन्त्री पड्काएका पोखरेलले कुनै पनि सकारात्मक कामको जश लिन त परै आजोस्, त्यसलाई स्वीकार गर्ने चिन्तन समेत बोकेका छैनन् । 
पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध बारम्बार विषवमन गरेर नथाक्ने पोखरेलले पछिल्लो पटक बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा विचारको थोत्रो बहस गर्दै अध्यक्ष प्रचण्डको उछित्तो काड्ने असफल प्रयास गरे । यसलाई पोखरेलको अन्तिम बर्बराहटको रुपमा लिइएको छ । किनकी पार्टी एकताको अन्तिम कडी जनवर्गीय संगठनहरुबीचको एकता छिट्टै टुंगिनेवाला छ ।
सत्ता र शक्तिलाई व्यक्तिगत फाइदाका लागि प्रयोग गरेका पोखरेलले हरेक स्थानमा आफ्ना सालासाली, भान्जाभान्जी तथा भतिजाभतिजीलाई मात्रै स्थान दिने गरेका छन् । पार्टीभित्र पोखरेल प्रवृत्ति हाबी रहेको पाइन्छ । सामान्य शिष्टाचार समेत नदेखाउने यो धमिरा प्रवृत्तिको कडा प्रतिवाद गर्दै जरो किलो उखेलेर फाल्नु नै उत्तम हुने जानकारहरुको भनाइ छ ।
बनाए भाञ्जीलाई न्यायाधीश
कहिले फेसबुकमा त केहिले आफ्ना निकटका केही पत्रकार बोलाएर पार्टीका दुई अध्यक्षमध्ये एक पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बिषवमन गर्दै हिँडेका पोखरेल न्याय परिषदलाई अनुचित प्रभावमा पारेर भाञ्जी नीलम पौडेलसहित आफ्ना नातागोता र कानून पढेका जति सबैलाई न्यायाधीश बनाउन सफल भएका छन् । 
परिषदले सर्वोच्च अदालतका लागि पाँच र उच्च अदालतका लागि १८ जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरेकामध्ये उच्च अदालतको न्यायाधीशका लागि उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलकी भाञ्जी नीलम पौडेल पनि परेकी छिन् । सिफारिसमा पर्नेमात्र होइन, उनी न्यायाधीशमा छनौट समेत भएकी छिन् । रक्षामन्त्री पोखरेललाई मामा भनेकै भरमा पौडेलले न्यायाधीश हुने अवसर पाएकी हुन् । पुनरावेदन अदालतकी पूर्व अतिरिक्त रहेकी उनलाई पोखरेल निकट भएकैले सिफारिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस