किन चिसियो प्रधानमन्त्री र सभामुखबीचको सम्बन्ध ? यस्तो छ कारण

सफल खबर संवाददाता

विहीबार, ०२ जेठ २०७६, १२ : २६
किन चिसियो प्रधानमन्त्री र सभामुखबीचको सम्बन्ध ? यस्तो छ कारण

काठमाडौं । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराबीच सम्बन्धमा चिसोपना बढेको छ । किन चिसियो त प्रधानमन्त्री र सभामुखबीचको सम्बन्ध ? मुख्य कारण यस्तो छ ।
सरकारको आर्थिक वर्ष २०७६/७७ को नीति कार्यक्रममाथि सांसद्ले उठाएको प्रश्नमाथि प्रतिनिधिसभामा  जवाफ दिने क्रममा गत वैशाख २४ मा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी सांसद्बीच दोहोरी चलेको थियो । सभामुख कृष्णबहादुर महराले वैशाख २७ गतेको बैठकमा सो क्रममा प्रयोग भएका सबै असंसदीय अभिव्यक्ति अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए । सभामुख महराको यही कदमबाट प्रधानमन्त्री ओली असन्तुष्ट भएका हुन् ।
भियतनाम र कम्बोडिया भ्रमणबाट स्वदेश फर्किनसाथ त्रिभुवन विमानस्थलमा ओलीले भने, ‘मैले असंसदीय शब्द बोलेकै छैन, किन हटाउने रु’ उनको यो भनाइले पनि प्रधानमन्त्री र सभामुखबीचको सम्बन्धमा चिसोपना आएको संकेत पाइन्छ ।
प्रधानमन्त्रीले आफ्ना सहकर्मीसँग सभाभुखको भूमिकाप्रति असन्तुष्टी व्यक्त गर्दै सभामुख बढी जान्ने हुन थालेको जस्तो प्रतिक्रिया दिएका छन् ।
पत्रकार भेटघाटमा एक प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले संसदमा आफूले त्यस्तो कुनै अर्मादित शब्द प्रयोग नगरेको र हटाउने पर्ने आवाश्यकता समेत नभएको बताए । उनले भने- बरु संसदमा विपक्षी दलले प्रयोग गरेको शब्द अमर्यादित छन् । ती शब्द हटाइनु पर्छ ।

प्रतिक्रिया दिनुहोस