भरतपुर गोल्डकप : पहिलो सेमिफाईनलमा आज चितवन र संकटा भिड्दै

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, १२ : १३
भरतपुर गोल्डकप : पहिलो सेमिफाईनलमा आज चितवन र संकटा भिड्दै

चितवन । सिएमएस भरतपुर गोल्डकपमा आजबाट सेमिफाईनल चरणका खेलहरु सुरु हुँदैछ । पहिलो सेमिफाईनलमा आज घरेलु टिम चितवन ११ र संकटा भिड्ने छन् । खेल अपराह्न ४ बजे हुने आयोजकले जनाएको छ ।
चितवन ११ ले क्वार्टरफाईनलमा आर्मीलाई टाईब्रेकरमा ६–७ गोलले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो भने जावलाखेल युथ क्लबलाई टाईब्रेकरमा ३–१ गोलले पराजित गर्दै संकटा सेमिफाईनलमा प्रवेश गरेको हो ।
चितवन ११ र संकटा क्लबसहित एपीएफ र झापा ११ पनि प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । झापा ११ च्यासल युथ क्लबलाई २–१ गोलले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हो । एपीएफले वीरगंज युनाईटेडलाई ३–१ गोलले पराजित गर्दै सेमिफाईनलमा पुगेको हो । 
नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गते सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । ए जे ईन्टरनेसनल प्रालिद्वारा आयोजित प्रतियोगिताका विजेताले उपाधिसहित ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस