राजविराज । सप्तरीको राजविराजमा पोखरीका डुबेर एक युवकको मृत्यु भएको छ।
स्थानीय कल्टु दास पोखरीमा डुबेर राजविराज नगरपालिका–४ का २५ वर्षीय बौवा भन्ने गजेन्द्र दासको मृत्यु भएको हो।
राजविराज–३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका गजेन्द्रको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।
दुईपल्ट माछा मारेर बाहिर निस्केका उनी तेस्रो पटक पुनः माछा मार्ने क्रममा डुबेको स्थानीयवासीले जनाएको छ।
पोखरीमा माछा मार्ने क्रममा एक युवा डुबेको खबर पाएपछि पुगेको नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीका गोताखोर टोलीले खोजी सुरु गरेको थियो। करिब चार घण्टाको प्रयासपछि उनको मृत शरीर सेनाले फेला पारेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, ०६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु