नेपालका दुई सांसद पुगे यूरोपको विवादास्पद कार्यक्रममा

समाजवादी पार्टी र राजपाका एक–एक जना सांसदले फ्रि तिब्बत पक्षधरको कार्यक्रममा जनाएको सहभागिताको विषयमा संसद, सरकार र पार्टी पुरै बेखबर

सफल खबर संवाददाता

मंगलबार, ३१ बैशाख २०७६, १२ : ३४
नेपालका दुई सांसद पुगे यूरोपको विवादास्पद कार्यक्रममा

(तस्विरमा दायाँ यदव र वायाँ मियाँ)

काठमाडौं । नेपालले एक चीन नीतिको पक्षमा वकालत गरिरहेको छ । अझ संसदमा विद्यायिकाको भूमिकामा रहने नेताहरुले त झन नेपालको यो एक चीन नितिमा आफुलाई दह्रो सँग उभ्याउनै पर्ने हुन्छ । तर नेपालको सांसदहरुले त्यसको मर्यादा ख्याल नगरेको पाइएको छ । उनीहरु चिन विरोधी गतिविधि भएको एउटा अन्तराष्ट्रिय समेनिारमा भाग लिन पुगेको तथ्य खुलेको छ । नेपालका दुई जना सांसदले संसद, सरकार र स्वंम आफ्नै पार्टीलाई समेत बेखवर बनाउँदै स्वतन्त्र तिब्बतको वकालत गर्दै आईरहेको तिब्बती संसदको सहयोगमा आयोजना भएको एक अन्तराष्ट्रिय समेनिारमा भाग लिन पुगेको खुलेको छ ।

यसरी स्वतन्त्र तिब्बतको पक्षमा वकालत गर्दै आईरहेको संस्थाले सहयोग गरेको कार्यक्रममा सहभागी हुन पुगेका सांसद हुन्, हालै नयाँ शक्ति र संघीय समाजवादी पार्टी फोरमको एकीकरणपछि बनेको समाजवादी पार्टी नेपालका
सांसद प्रदीप यादव र राष्ट्रिय जनता पार्टीका सांसद इक्वाल मियाँ ।

उनीहरुले यूरोपियन मुलुक लाट्भियाको राजधानी रिगामा आयोजित कार्यक्रममा गत साता सहभागी भएका हुन् । उक्त कार्यक्रममा केन्द्रीय तिब्बत प्रशासनका अध्यक्ष, पमा झाङ्नी, उपसभापति बेन आचार्य, यहाशी फुन्त्सुको तिब्बत संसदका अध्यक्ष लोवसाङ साङव्रे लगायतको उपस्थिती रहेको थियो ।

स्वतन्त्र तिब्बतको वकालत गर्दै आइरहेको संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी भए पनि उनीहरुले आफुहरु स्वजरल्याण्ड भ्रमण गरेको बताएका थिए । तर पनि स्वतन्त्र तिब्बत केन्द्रीय प्रशासनको वेभसाइटले उनीहरु उक्त कार्यक्रममा सहभागी भएको पुष्टि गरेको छ ।

वेभसाइटले नै तथ्य खोलेपछि भने सहभागी मध्येका एक मियाँले उक्त कार्यक्रममा आफुहरुमात्र नभई भारत लगायतका देशबाट प्रतिनिधीत्व भएको तर त्यहाँ आफुहरुले कुनै पनि धारणा नराखेका प्रष्टिकरण दिए । समारोहमा उपस्थि हुनका लागि मियाँ र यादवले संसद सचिवालयबाट समेत कुनै सहमति लिएका छैनन् । ‘उहाँहरु दुवै नेताहरुले व्यक्तिगत भ्रमणका लागि लाट्भियाको भ्रमणमा जान लागेको बताए पनि भ्रमणको विवरण र उद्देश्य खुलाएनन,’ संसद सचिवालयका एक सचिवले बताए । स्वतन्त्र तिब्बत पक्षधरको यस्ता विवादास्पद कार्यक्रममा नेपालका सांसदहरुको
उपस्थितीको यो पहिलो पटकको घटना होइन । यसभन्दा अगाडी पनि नेपालका सांसदहरु यसरी नै विवादास्पद फ्रि तिब्बत पक्षधरको कार्यक्रममा सहभागी भएका थिए । सन् २०१० मा संविधान सभाका तिन जना सांसदले निर्वाचत दलाई लामाको भारतको धर्मशालामा रहेको आश्रममै भ्रमण गरेर दलाई लामासँगकै एउटा कार्यक्रममा सहभागी भएर फर्केका थिए । त्यसको नेपालमा चर्काे विरोध भएको थियो । चिनले समेत यस विषयमा नेपाल सरकारसँग धारणा माग गरेको थियो ।

फेरि त्यसको अर्काे वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवाले भारत फाउन्डेसनको एक कार्यक्रममा सहभागिता जनाए र उनले त्यहाँ तिब्बत स्वायक्त सरकारका आफुलाई प्रधानमन्त्री बताउने लोम्साङ साङबेसँग सँगै साथमा बसेको तस्विर सार्वजनिक भएको थियो । त्यसको पनि चर्काे आलोचना भएको थियो ।
लाट्भियाको अधिवशेनको घोषणाले केन्द्रीय तिब्बत प्रशसनका तर्फबाट संसदका सदस्यहरुको सहभागीताको लागि धन्यवाद दिएको छ । अधिवशेनले तिब्बती जनताको सहमतमा तिनीहरुको गैह्र हिंसात्मक संर्घषमा ऐक्यवदता जनाउने निर्णय लिएको थियो ।
उक्त अधिवशेनमा एक सयभन्दा बढी अन्तराष्ट्रिय समुदायका प्रतिनिधीहरुको सहभागीहरुता रहेको थियो । अष्ट्रेलिया, न्यूजील्यान्ड, फ्रान्स, रोमानिया, क्यानडा, चेक गणराज्य, लिथुआनिया, भारत, नेपाल , चिली, लाट्भिया, बेलायत र स्कटलइाण्डका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । परराष्ट्रविद्द रमेशनाथ पाण्डेले सांसदहरुले उक्त कार्यक्रममा जनाएको उपस्थिती र सहभागिताले नेपाललाई लज्जित बनाएको बताए ।

‘अधिवशेनमा भाग लिएको हो भने त्यो गम्भिर विषय हो, र यो हाम्रो लागि लज्जित विषय पनि हो,’ पाण्डेले भने, ‘यसले हाम्रो विदेश नीति, एक चीन नीति र प्रणालीलाई सबैलाई कमजोर बनाउँछ । हामीले हाम्रो विदेश नीति के हो भन्नेमा गम्भिर बन्दैनौै भने यसले देशको प्रतिष्ठालाई क्षति पु¥याउनेछ ।’

राजपा नेता राजेन्द्र महतोले पनि आफना सांसदहरुको लाट्भिया भ्रमणका विषयमा पार्टीलाई कुनै जानकारी नभएको बताए । ‘यसबारेमा पार्टीलाई जानकारी छैन, के भएको रहेछ बुझेर पछि भनौला’– उनले भने ।

 

प्रतिक्रिया दिनुहोस