नेकपाको जनवर्गीय संगठनको नेतृत्व चयनमा राष्ट्रपतिको चासो

महिला संगठनको नेतृत्वमा उर्मिला अर्यालको नाम प्रस्ताव भएपछि राष्ट्रपतिले गरिन हस्तक्षेप

सफल खबर संवाददाता

मंगलबार, ३१ बैशाख २०७६, ०९ : १०
नेकपाको जनवर्गीय संगठनको नेतृत्व चयनमा राष्ट्रपतिको चासो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको जनवर्गीय संगठनको नेतृत्व चयनमा चासो देखाएकी छिन् । नेकपा उच्च स्रोतका अनुसार, एकतापछि बन्ने महिला संगठनको नेतृत्वमा राष्ट्रपति भण्डारीले चासो देखाएकी हुन् ।

जनवर्गीय संगठनको एकता टुंग्याउन ढिलाई भईरहेको सन्र्दभमा नेकपा अध्यक्षद्धयले गरेको प्रारम्भिक नेतृत्व चयन छलफलमा महिला संगठनको नेतृत्वलाई लिएर राष्ट्रपतिले चासो व्यक्त गरेकी हुन् । पार्टी अध्यक्षद्धय केपी ओली र
प्रचण्ड तथा महासचिव विष्णु पौडेलका बीचमा जनवर्गीय संगठनको नेतृत्व चयनका विषयमा करिव टुंगोमा पुग्ने गरी छलफल चलेको थियो ।

राष्ट्रपति भएपनि भण्डारीले बेला–बेला पार्टी र सरकारमा आफ्नो हस्तक्षेप अदृश्य रुपमा बढाई नै रहेकी छिन्  । संघीय सरकारमा महिला मन्त्री थममाया थापा, प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र प्रदेश ३ मा मुख्यमन्त्री डोरमणि
पौडेललाई बनाउन त्यसबेला पनि राष्ट्रपति भण्डारीले प्रेसर बढाएको बताईएको थियो । पछिल्लो पटक भने राष्ट्रपतिको चासो एकतापछिको बन्ने महिलासंगठनको नेतृत्वमा परेको हो ।

तत्कालिन एमालेमा रहँदा राष्ट्रपति भण्डारी स्वंम महिला संगठनको अध्यक्ष थिइन् । लामो समय महिला संगठनको नेतृत्व सम्हालेकी भण्डारी राष्ट्रपति बनेपछि कार्यवाहक अध्यक्षका रुपमा गोमा देवकोटाले जिम्मेवारी पाएकी थिइन् ।तत्कालिन माओवादीको महिला संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी)मा भने अमृता थापा अध्यक्ष छिन् । एकतापछि भने महिला संगठन  र मजदुर संगठनतत्कालिन दुई पार्टीमध्ये एक–एक वटाले भागवन्डाका आधारमा लिने करिव समझदारी जुटेको थियो । महिला तत्कालिन माओवादी र मजदुर तत्कालिन एमालेले नेतृत्व गर्ने गरी छलफल करिव अन्तिम चरणमा पुगिसकेको पनि थियो ।

तर माओवादीका तर्फवाट महिला संगठनको अध्यक्षका लागि प्रस्तावित नाममा राष्ट्रपति भणडरीले हस्तक्षेप गरेको स्रोतले बतायो । स्रोतका अनुसार, अध्यक्ष प्रचण्डले महिला संगठनमा उर्मिला अर्याललाई अध्यक्ष बनाउन खोजेका थिए । पार्टीको कुनै कार्यकारी जिम्मेवारीमा नरहेकी उर्मिलालाई जिम्मेवारी प्रचण्डले दिन खोजेका थिए । अमृता संसदमा रहेकोले पनि उर्मिला प्रचण्डको रोजाईमापरेकी थिइन् ।

तर उर्मिलाको नाम आएको जानकारी पाउने वित्तिकै राष्ट्रपति भण्डारीले असन्तुष्टि जनाउँदै चासो राखेको स्रोत बताउँछ ।  बरु अहिले अध्यक्ष रहेकी गोमा या अमृता दुवै स्वीकार्य छ, तर उर्मिला महिला संगठनको अध्यक्ष उपयुक्त हुन्न भन्दै राष्ट्रपतिले नेकपा अध्यक्षयद्धयलाई सन्देश समेत पठाएको स्रोत बताउँछ

राष्ट्रपतिले नै नमानेपछि अध्यक्षदय ओली प्रचण्ड अहिले उर्मिलाको विकल्प खोज्ने निश्र्कषमा पुगेको स्रोत बताउँछ । अर्याललाई भने अब महिला आयोगको अध्यक्ष बनाउने तिर छलफल चलेको पनि स्रोत वताउँछ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग त्यसो भए उर्मिलालाई महिला आयोगको अध्यक्ष बनाएर ब्यवस्थापन गरौं भन्ने प्रस्ताव राखेका छन । तर यो विषयमा ओलीले मुख खोली नहालेको स्रोत बताउँछ । ओली मौन
बसेपछि यो विषय निर्णयमा पुग्न सकेको छैन ।

जेठ ३ मा पार्टी एकता गरेको वर्षगाठमा जनवर्गीय संगठनसम्मको एकता टुंग्याईसक्ने योजनाका साथ नेकपा शीर्ष नेताहरुले तयारी थालेका छन् । अध्यक्षओली अहिले कम्वोडियामा रहेको र उनी भोलि जेठ १ गते स्वदेश फर्केपछि
साँझ नै दुई अध्यक्षका बीचमा एक चरण प्रारम्भिक छलफल हुने र २ गते सचिवालय बैठक बसेर निर्णय लिने गरी तयारी भईरहेको एक सचविालय सदस्यले बताए ।

२ गते सचिवालय बैठक बस्यो भने ३ जेठमा मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा एकता प्रक्रिया टुंग्गिएको घोषणा गर्ने तयारीमा नेकपा लागेको छ ।

प्रतिक्रिया दिनुहोस