जनकपुर–जयनगर–कुर्था खण्डमा भदौदेखि रेल चल्ने

पत्रपत्रिकाबाट

मंगलबार, ३१ बैशाख २०७६, ०८ : ४१
जनकपुर–जयनगर–कुर्था खण्डमा भदौदेखि रेल चल्ने

जनकपुर–जयनगर–कुर्था खण्ड (३४ किमी) मा आउँदो भदौदेखि डेमो (डिजेलबाट विद्युत् उत्पादन भएर चल्ने) रेल सञ्चालन हुने भएको छ ।
भारतीय पक्षले यसअघि नै रेल खरिदका लागि मूल्य पठाइसके पनि नेपाली पक्षले ढिलाइ गर्दा रेल चल्न अझै कम्तीमा चार महिना लाग्ने भएको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको कोकन रेलवेज कर्पोरेसन लिमिटेडसँग भएको सम्झौता अनुसार भदौसम्म रेल नेपाल आइपुग्ने जानकारी दिए ।   यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस