भरतपुर गोल्डकपमा आज एपिएफ र विरगंज युनाईटेड भिड्ने

सफल खबर संवाददाता

मंगलबार, ३१ बैशाख २०७६, ०८ : २६
भरतपुर गोल्डकपमा आज एपिएफ र विरगंज युनाईटेड भिड्ने

चितवन । नारायणगढमा जारी सिएमएस भरतपुर गोल्डकपको चौथो क्वार्टरफाईनलमा आज एपिएफ र विरगंज युनाईटेड भिड्दैछ । यी दुई टिमबीचको खेल अपरान्ह ४ बजेपछि हुने खेल संयोजक प्रकास भुजेलले जानकारी दिए । 

एपिएफ पहिलो चरणको खेलमा विरगंज युथ एकेडेमिलाई १ शुन्यले पराजित गर्दै क्वार्टरफाईनलमा पुगेको हो । विरगंज युनाईटेडले भने प्रतियोगितामा पहिलो खेल खेल्न लागेको छ । बाई पाएर क्वार्टरफाईनलमा पुगेको थ्रिस्टार अनुपस्थित भएपछि उसको स्थानमा विरगंज युनाईटेडले खेल्ने मौका पाएको हो ।

अहिलेसम्म संकटा क्लब, झापा ११ र चितवन ११ प्रतियोगिताको सेमिफाईनलमा प्रवेस गरीसकेका छन् । नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गतेदेखि जारी प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । ए जे ईन्टरनेसनल प्रालीद्धारा आयोजित प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद ३ लाख पाउने छ ।  
 

प्रतिक्रिया दिनुहोस