संकटा भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेस, जावलाखेल टाईवेकरमा पराजित

सफल खबर संवाददाता

सोमबार, ३० बैशाख २०७६, १९ : ५५
संकटा भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेस, जावलाखेल टाईवेकरमा पराजित

चितवन । संकटा क्लब सिएमएस भरतपुर गोल्डकपको सेमिफाईनलमा प्रवेस गरेको छ । सोमवार भएको तेस्रो क्वार्टरफाईनलमा जावलाखेल युथ क्लबलाई टाईबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै संकटा सेमिफाईनलमा प्रवेस गरेको हो । 
निर्धारीत ९० मिनेटको समय गोल रहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईबेकरबाट लिईएको हो । टाईबेकरमा संकटाका लागी अमित तामाङ, इरस्ट्रिम र रोवन लिम्बुले गोल गरेका थिए । उता जावलाखेलका लागी विशाल तामाङले १ गोल गरे । 
संकटा बाई पाएर सिधै क्वार्टर फाईनलमा प्रवेस गरेको टिम हो भने जावलाखेल विजय युथ क्लबलाई पराजित गर्दै क्वार्टरफाईनलमा पुगेको हो । आजको खेलमा संकटाका टिम क्याप्टेन म्यान अफ दि म्याच घोषीत भए । उनले नगद १० हजार पाएका छन । 
प्रतियोगिता अन्तर्गत मंगलवार विरगंज युनाईटेड र एपिएफ भिड्ने छन्र । यी दुई टिमविचको खेल अपरान्ह ४ बजेपछि हुने रेफ्रि सुक्र तामाङले जानकारी दिए । 
नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गत्तेदेखि जारी प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद ३ लाख पाउने छ ।  
 

प्रतिक्रिया दिनुहोस