प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैन : नेतृ कोइराला

सोमबार, ३० बैशाख २०७६, १४ : ००
प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैन : नेतृ कोइराला

फाईल फोटो

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन्का घटना हुनु राम्रो होइन भन्नुभएको छ ।
    
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवाज बुलन्द पार्ने प्रेसको स्वतन्त्रतामाथि कुनै अङ्कुश लाग्नु हुँदैन भन्नुभयो । 

केन्द्रीय सदस्य कोइरालाले जनताका आवाज उठाउने पत्रकार संयमित भएर कलम चलाउनुपर्ने बताउँदै संविधान कार्यान्वयनको दिशामा देश अगाडि गइरहेका बेलामा सरकार साना तिना कुरामा अल्झेर बस्न नहुने धारणा व्यक्त गर्नुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस