विप्लव भन्छन्, : शीर्ष नेताको हत्या योजना बजारको हल्ला मात्रै हो

सफल खबर संवाददाता

सोमबार, ३० बैशाख २०७६, ०७ : १४
विप्लव भन्छन्, : शीर्ष नेताको हत्या योजना बजारको हल्ला मात्रै हो

काठमाडौं । प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले शीर्ष नेताहरुको अत्या योजना बजारको हल्ला मात्रै भएको बताएका छन् । सरकारमा रहेका नेताहरुले आफुहरुको हत्या गर्न पार्टी वैठक वसेर मान्छे नै खटाएको प्रमाण फेला परेको अभिब्यीक्त दिईरहेका वेला विप्लवले यो विषयलाई वजारमा ब्यापार मात्र गराईएको ले आफुलाई समेत अनौठो लागेको वताएका छन् ।

भूमिगत भएपछि पहिलो पटक एक दैनिक पत्रिकालाई अन्र्तवर्ता दिँदै विप्लवले वरु राज्यले आफना पार्टी नेताहरुलाई इन्काउन्टरसम्मको योजना वनाएर शक्ति परिचालन गरेको आरोप लगाएका छन् ।

‘नेताहरुको हत्या, यती गंभीर विषयलाई बजारको व्यापार गराइएको छ यो नै अनौंठो लाग्छ । यो प्रष्ट कुरा हो कि राज्यले हाम्रा नेताहरुलाई इन्काउन्टर सम्मको योजना बनाएर शक्ति संचालन गरेको छ भन्ने सुन्नमा आएको छ ।’ विप्लवले भनेका छन् ।

उनले पार्टीमा आर्थिक हिसाव किताव पार्टी बनेदेखि नै पुरै पारदर्शी रुपमा राखेको पनि वताए । महासचिव देखि कमाण्डर र सदस्यसम्मको आर्थिक जीवन सस्थागत रहेको र अव पूर्णकालिन कार्यकर्तासम्मको हिसाव मिलाउन लागेको पनि वताएका छन् । कम्युनिष्टहरु असफल हुनुमा अर्थसम्वनध र स्वामित्वमा रहेको समस्या नै प्रमुख कारण भएको भन्दै विप्लवले  यसको विषयमा पार्टीले पारदर्शीता अपनाउनु पर्नेमा जोड गरेका छन् ।

‘हामीसंग पार्टी बने देखिको हिसाव किताव पुरै पारदर्शी छ । हामीले महासचिव देखि कमाण्डर, सदस्य सम्मको आर्थिक जीवन संस्थागत गरेका छौं । अव पूर्णकालीन कार्यकर्तासम्मको मिलाउछौं । हाम्रो अनुसन्धानमा कम्युनिष्टहरु सकिनु र समाजवाद असफल हुनुको पछाडि अर्थसम्बन्ध र स्वामित्वमा रहेको समस्या नै प्रमुख हो ।’ विप्लवले अन्र्तवार्तामा भनेका छन्,– ‘साम्यवादको सपना देख्नेले आफ्नै जीवन पारदर्शी गर्न नसक्ने, आवश्यकता अनुसारको दाम भन्नेले पार्टीको पैसा कुम्लो पारेर विदेशी वैंकमा लुकाउने, देशै बेचेर कमिसन खाने र उल्टो चर्का कुरा गर्ने, सरकारी जग्गा निल्न बाँकी नराख्ने हुनु नै यसको समस्या हो । हामी कम्युनिष्ट अर्थदृष्टिकोण, कम्युनिष्ट जीवन, अर्थउत्पादन र वितरणबारे कैयौं महत्वपूर्ण निस्कर्षमा पुग्दै छौं । हामी माक्र्सले अनुसन्धान गर्नु भएको साम्यवादी अर्थजीवन दिनु पर्छ भन्नेमा लागिपरेका छौं जो पूजीवाद भित्रको कथित निजी जीवनभन्दा सयौंगुणा श्रेष्ठ र सभ्य हुन्छ । हाम्रो विश्वास छ हामी साम्यवाद दिन सक्ने छौं ।’

उनले वार्तावाट आफुहरुले उठाएका विषय समाधान हुनेमा विस्वतस्त हुन नसकेको पनि वताए ।   

‘वार्ताबाट न हामी तर्सिन्छौं नत वार्ताले क्रान्तिले उठाएका विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौं’ विप्लवले भने । 


 

प्रतिक्रिया दिनुहोस