पत्रकारलाई सञ्चारमन्त्रीको उद्घोष : देशभित्र बसेपछि यहाँको कानून मान्नुपर्छ

आइतबार, २९ बैशाख २०७६, १४ : ४०
पत्रकारलाई सञ्चारमन्त्रीको उद्घोष : देशभित्र बसेपछि यहाँको कानून मान्नुपर्छ

विदुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानून ल्याइने बताउँदै भन्नुभयो, “ मिडिया मालिकलाई मालिक मात्र हुने बानी बसेको छ । कर नतिर्ने, दिनरात खटिने पत्रकारका लागि तोकिएअनुसार तलब नदिने भएकाले केही मिडियाधनीको सातो उडेको छ । ”
श्रम गर्ने पत्रकारलाई ढुक्क हुन आग्रह गर्दै  उहाँले उनीहरुको अधिकार दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले मिडिया मालिकलाई नियन्त्रण गर्छ भनेर बाहिर अनेक हल्ला फैलाउने काम भइरहेको छ । नागरिकले देशमा बसेपछि देशको कानून मान्नुपर्छ,  नियम कानून सबैका लागि बराबर हुनुपर्छ । सबै सेवा, सुविधा दिनुपर्ने भयो, पत्रकारको सुरक्षा, न्यूनतम तलब आदि कुरालाई कार्यान्वयन गर्नुप¥यो भनेर एकथरिलाई टाउको मात्र दुखेको हो । ”  (रासस)

प्रतिक्रिया दिनुहोस