बन्यो ४५ किलोमिटर परको दृश्य पनि स्पष्ट खिच्ने क्यामरा

एजेन्सी

आइतबार, २९ बैशाख २०७६, १३ : ४०
बन्यो ४५ किलोमिटर परको दृश्य पनि स्पष्ट खिच्ने क्यामरा

एजेन्सी । चिनियाँ अनुसन्धानकर्ताहरूले विशेष आर्टिफिसियल इन्टेलिजेन्स प्रविधियुक्त क्यामरा बनाएका छन् । यसले मानिसको आकारको वस्तुको फोटो पनि ४५ किलोमिटर टाढाबाट खिच्न सक्छ ।

अनुसन्धानकर्ता जेन–पिंग लीको यस पनि अध्ययन निष्कर्ष ओपन सोर्स जर्नल एआरएक्सआईभीमा प्रकाशित भएको छ । यो विशेष क्यामरालाई धूवाँधूलो र प्रदूषणले समेत तस्वीर खिच्नबाट रोक्न सक्दैन । लेजर र स्मार्ट एआई सफ्टवेयरको सहायताले सुन्दर फोटो क्लिक गर्न सकिन्छ ।

नयाँ प्रविधि आउनुअघि पुराना क्यामराहरूले लाइट डिटेक्सन यान्ड रेन्जिङ (लाइडर) प्रविधि प्रयोग गरिन्थ्यो । तर नयाँ प्रविधिले प्रदूषण र धूवाँका कारण नराम्रो फोटो आउने स्थितिलाई पनि हटाउँछ । यसमा भएको गेटिङ प्रविधिको सहायताले सफ्टवेयर अन्य माध्यमबाट रिफ्लेक्ट हुने फोटोनहरूलाई क्यामराको क्षेत्रबाट हटाउँछ र तिनीहरू फोटोमा देखिँदैनन् । 

फोटो खिचिने वस्तुको दूरी र आकार बुझ्नका लागि क्यामराको लेजर उपयोगी हुन्छ । क्यामरामा निश्चित दूरी सेट गर्न सकिन्छ ।

सबभन्दा राम्रो कुरा भनेको यो प्रविधियुक्त क्यामरा जुत्ताको बट्टा जत्रो आकारको छ । यसलाई सानो विकान वा मानवरहित वाहनमा सजिलै जडान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस