भरतपुर गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा आज झापा ११ र च्यासल भिड्दै

सफल खबर संवाददाता

आइतबार, २९ बैशाख २०७६, १० : ५३
भरतपुर गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा आज झापा ११ र च्यासल भिड्दै

चितवन । चितवनको नारायणगढमा जारी सिएमएस भरतपुर गोल्डकपमा आज झापा ११ र च्यासल युथ क्लब भिड्दैछ । अपरान्ह ४ बजेपछि हुने प्रतियोगिताको दोस्रो क्वार्टरफाईनलमा यी २ टोली आमुनेसामुने हुनेछन ।
झापा ११ बाई पाएर सिधै क्वार्टरफाईनलमा पुगेको टिम हो भने च्यासल युथ क्लब पहिलो चरणको खेलमा विजयी हुँदै क्वार्टरफाईनलमा प्रवेस गरेको हो । च्यासलले पहिलो चरणको खेलमा पुलिस क्लबलाई २ – १ गोल अन्तरले पराजित गरेको थियो । 
सनिवार भएको पहिलो क्वार्टरफाईनलमा आर्मिलाई पराजित गर्दै चितवन ११ सेमिफाईनलमा प्रवेस गरीसकेको छ । 
वैशाख २४ गत्तेबाट क्याम्पाचौरमा जारी प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । उपाधि विजेतालाई ६ लाखसहित गोल्डकप तथा दोस्रो हुने टिमले नगद ३ लाख पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस