नेकपामा जिल्ला कमिटिहरुको वैठक धमाधम वस्दै

एकताको वाँकी काम टुंग्याए सँगै देशब्यापी अभियान चलाउने

सफल खबर संवाददाता

आइतबार, २९ बैशाख २०७६, ०८ : १७
नेकपामा जिल्ला कमिटिहरुको वैठक धमाधम वस्दै

काठमाडौं । सत्तारुढ नेकपाले ढिलो गरी बनाएको जिल्ला संगठन समितिको धमाधम वैठक वस्न थालेको छ । पार्टी एकताको झण्डै एक वर्षपछि मात्र नेकपाले जिल्ला संगठन समितिको नेतृत्व शीर्ष तहवाटै चयन गरेको थियो ।

कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्ष पुगेको अवसरमा नेकपाले जिल्ला अध्यक्ष र सचिव चयन गरेको थियो । सदस्यहरु भने सम्वन्धित प्रदेश कार्यदलले यस अगाडी नै तत्कालिन दुवै पार्टीका वीचमा भागवन्डा गरेको संख्यामा रहेर सिफारिस गरी पठाएका नाममा रहेर टुंगो लगाईएको नेकपाले जनाएको छ ।

नेकपा केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार, अहिले प्रदेश कमिटिका वैठकहरु वसेर सम्वन्धित प्रदेश भित्रका जिल्ला कमिटिलाई पूर्णता दिने, जिल्लाको वैठक वसाल्ने, जिल्ला कमिटि पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण गराउने र जिल्लाको कार्ययोजनाहरु निर्माण गर्ने काम धमाधम भईरहेको छ ।

‘पार्टी स्थापना दिवसमा जिल्ला अध्यक्ष र सचिव चयन भएका छन्, प्रदेश कमिटिले जिल्ला सदस्यहरु चयन गरेर अहिले धमाधम जिल्लाका वैठकहरु वस्ने, कार्ययोजनाहरु वनाउने काम हरु भईरहेको छ,’ कार्यलय सचिव श्रेष्ठले सफलखवरसँग भने ।

देशभर अभियान लिएर जाँदै
जनवर्गीय संगठन, प्रवास संगठन, उपत्यका विशेष प्रदेश र विशेष जिल्ला कमिटिहरुको गठन भने नेकपाले अझै गरिसकेको छैन । पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, केन्द्रीय विभाग र आयोगहरुको गठन पनि नेकपाले अझै गर्न वाँकी नै छ । यस सम्वन्धमा शीर्ष नेताहरुले आन्तरिक होमवर्क गरिसकेका छन् । प्रधानमन्त्री ओली १ जेठमा स्वदेश फर्केसँगै वस्ने पार्टी सचिवालय वैठकले पोलिटब्यूरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जनवर्गीय संगठनको एकताको काम टुंगो लगाउने अपेक्षा गरिएको छ ।

‘पार्टी एकताको दिनसम्ममा एकताका सम्पूर्ण काम हुन्छ होला’, कार्यलय सचिव श्रेष्ठले भने, ‘त्यसको आन्तरिक तयारीमा नेताहरु हुनुहुन्छ । प्रधानमन्त्री स्वदेश फर्किनुभएपछि वैठक वसेर टुंगो लाग्छ होला ।’

एकताको काम टुंगो लगाएसँगै भने नेकपाले देशब्यापीअ भियान लिएर गाँउतहसम्मै जाने तयारी थालेको छ । पार्टी एकता लगत्तै एकताको सन्देश लिएर गाँउ गाउ सम्म जाने योजना नेकपाले वनाएको थियो ।

त्यसपछि पनि गत मंसिर २९ देखि पुस १३ सम्म वसेको स्थायी समिति वैठकले पनि देशब्यापी अभियान लिएर जाने कार्ययोजना बनाएको थियो । त्यसवेला पुस मसान्तसम्म एकताको काम सकेर माघ देखि देशब्यापी अभियान चलाउने योजना पारित गरेको थियो । तर उक्त योजना अहिले अलपत्र परिरहेको छ ।

‘एकताको काम सकेसागै देशब्यापीअ भियान लिएर जान्छौं,’ सचिव श्रेष्ठले भने । प्रतिपक्षी काग्रेस सरकार विरुद्द खवरदारी गर्न र संगठन सुढीढीकरण गर्न भन्दै २५ वैशाखदेखि पुस १६ सम्मको चरणवद्द अभियान लिएर जिल्ला, गाँउ पसेको छ । यही वेला सत्तारुढ दल नेकपाले पनि विलम्व नगरी अयिभान गाउ तहसम्मै लैजाने योजना वनाएको हो ।

प्रतिक्रिया दिनुहोस