राष्ट्रपति रनिङशिल्डमा १४ पदकसहित जनजागृती मावि प्रथम

सफल खबर संवाददाता

शनिबार, २८ बैशाख २०७६, १९ : ३३
राष्ट्रपति रनिङशिल्डमा १४ पदकसहित जनजागृती मावि प्रथम

चितवन । पूर्वी चितवनको टिकौली चौरमा आयोजना गरिएको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जनजागृती मावि पिठुवा प्रथम भएको छ ।
रत्ननगर नगरपालिकाले आयोजना गरेको सो प्रतियोगितामा ७ स्वर्ण, ३ रजत र ४ कास्य गरी १४ पदक जितेर जनजागृती प्रथम भएको हो । प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ४ कास्य गरी ९ पदक जितेर बैरिया मावि द्धितीय र ४ स्वर्ण ३ रजत र १ कास्य गरी ८ पदक जितेर झुवानी मावि तृतीय भएको छ । 

प्रतियोगितामा शिक्षा विकास बोडिङ स्कुलका सन्दिप परियार र जनजागृती माविकी मनिषा लामिछाने उत्कृष्ट खेलाडी तथा पिस भिजन आमावि उत्कृष्ट मार्च पास घोसित भएको नगर खेलकुद विकास समितिका संयोजक केशव आचार्यले जानकारी दिए । । समापन कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर नारायण वनले शिल्य,मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा वोल्दै मेयर वनले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता खेलकुद विकासको उपयुक्त माध्यम भएको भन्दै आगामी बर्ष अझै परिमार्जन गरेर खेल सञ्चालन गर्ने बताए । खेलकुदको माध्यमबाट रत्ननगरलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने लक्ष्य रहेको भन्दै उनले आगामी दिनमा खेलकुदका गतिविधि बढाउदै पूर्वाधार निर्माणलाई जोड दिने बताए । 

प्रतियोगितामा नगरका ३० वटा विद्यालयका करिब ५०० विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा दौड, हाईजम्प, लङजम्प, ज्यावलिन थ्रो, सटपुट, भलिवल, कवड्डी, तेक्वान्दोका खेलहरु भएका थिए । समापन कार्यक्रममा वडा अध्यक्षहरु कृष्ण महतो, हेमराज थापा, शंकर सिं तामाङ लगायतको सहभागिता रहको थियो । 


 

प्रतिक्रिया दिनुहोस