भरतपुर गोल्डकपः आजबाट क्वार्टरफाईनलका खेलहरु सुरु, आर्मि र चितवन ११ भिड्दै

सफल खबर संवाददाता

शनिबार, २८ बैशाख २०७६, ०९ : ४८
भरतपुर गोल्डकपः आजबाट क्वार्टरफाईनलका खेलहरु सुरु, आर्मि र चितवन ११ भिड्दै

फाईल फोटो

चितवन । नारायणगढमा जारी सिएमएस भरतपुर गोल्डकपमा आजबाट क्वार्टरफाईनलका खेलहरु सुरु हुनेछन । अपरान्ह ४ बजेपछि हुने पहिलो क्वार्टरफाईनलमा नेपाल आर्मि र चितवन ११ भिड्ने खेल संयोजक प्रकाश भुजेलले जानकारी दिए । 
चितवन ११ आप्mनो पहिलो खेलमा नुवाकोट ११ लाई ४ शुन्यले पराजित गर्दै क्वार्टरफाईनलमा प्रवेस गरेको हो भने आर्मी बाई पाएर सिधै क्वाटर फाईनलमा पुगेको हो । दुवै टिमलाई उपाधि दावेदारका रुपमा हेरीएकाले आजको खेल निक्कै प्रतिस्पर्धात्मक रहने अनुमान गरीएको छ ।
चितवन ११ सहित जावलाखेल युथ क्लब, च्यासल युथ क्लब र ससस्त्र प्रहरीको एपीएफले पहिलो चरणको खेलमा विजयी हुदै क्वार्टरफाईनलमा स्थान सुरक्षीत गरेका छन । यस्तै आर्मिसहित संकटा क्लब, थ्रि स्टार क्लब र झापा ११ बाई पाएर सिधै क्वार्टरफाईनलमा पुगेका हुन । 
प्रतियोगितामा सहभागि १२ टिम मध्ये विजय युथ मक्वानपुर, नुवाकोट ११, विरगंज युथ एकेडेमी र नेपाल पुलिस क्लब पहिलो चरणबाटै बाहिरीसकेका छन । 
वैशाख २४ गत्तेबाट नारायणगढको क्याम्पाचौरमा जारी प्रतियोगिता आगामि जेठ ४ गत्तेसम्म सञ्चालन हुनेछ । उपाधि विजेतालाई ६ लाखसहित गोल्डकप तथा दोस्रो हुने टिमले नगद ३ लाख पुरस्कार पाउने छ । 
 

प्रतिक्रिया दिनुहोस