लोडसेडिङ हट्यो, १३ हजारको चुल्हो ४ हजारमा किन बिकेन ?

पत्रपत्रिकाबाट

सोमबार, ०८ माघ २०७४, ०९ : ०१
लोडसेडिङ हट्यो, १३ हजारको चुल्हो ४ हजारमा किन बिकेन ?

काठमाडौं । भूकम्प र नाकाबन्दीका बेला चीन सरकारले उपलब्ध गराएको विद्युतीय चुल्हो (इन्डक्सन)को सरकारले मूल्य घटाए पनि बिक्री हुन सकेको छैन ।

मुलुकमा नियमित विद्युत् प्रवाह भइरहे पनि यसको उपयोग गर्ने प्रचलन नहुँदा इन्डक्सन बिक्री हुन नसकेको खबर आजको कारोबारमा छ ।

१३ हजार मूल्य पर्ने चुल्होलाई मूल्य घटाएर ४ हजारमा बिक्री गर्ने गरिए पनि अहिलेसम्म २५ प्रतिशतभन्दा बढी बिक्री हुन सकेको छैन ।

सरकारले समयमै मूल्य घटाएर बिक्री नगर्दा अनुदानको चुल्हो बिक्री हुन नसकेको हो। बजारमा यसभन्दा पनि सस्तो मूल्यका इन्डक्सन पाइने भएकाले ग्राहकको आकर्षण यसमा हुन सकेको छैन ।

सरकारले बिक्री खुला गरेको आठ महिना बितिसक्दा पनि ३ हजार ५ सय ३० वटा मात्र बिक्री भएको नेशनल ट्रेडिङ लिमिटेडले जानकारी दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस