यस्तो छ एनआईसी एशिया बैंकको क्यास व्याक तथा डिस्काउन्ट योजना

सफल खबर संवाददाता

बुधबार, १८ बैशाख २०७६, २० : १९
यस्तो छ एनआईसी एशिया बैंकको क्यास व्याक तथा डिस्काउन्ट योजना

काठमाडौं ।  एन आई सी एशिया बैंक लिमिटेडले राष्ट्रिय सुचना तथा संञ्चार प्रविधि दिवसको अवसरमा डिजिटल पेमेन्टहरुमा क्यास व्याक तथा डिस्काउन्ट योजना सार्वजनिक गरेको छ ।

उक्त योजनाहरुमा बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाईल बैंक मार्फत झुक्तानी गर्दा १०% तथा उच्चतम १ हजारसम्मको क्यास व्याक तथा डिस्काउन्ट प्राप्त गर्न सकिन्छ ।

यो योजना राष्ट्रिय सुचना तथा संञ्चार प्रविधि दिवसको दिन बैंशाख १९को दिन मात्र लागु हुनेछ । यो योजनाबाट बैंकको ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

डिजिटल बैंकिङ्गमा अग्रणी स्थान हासिल गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस