बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

सफल खबर संवाददाता

सोमबार, १६ बैशाख २०७६, १२ : २७
बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

फाईल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । पार्टी पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको एजेण्डामा छलफल गर्न सचिवालय बैठक बसेको हो ।

कुल १४७ जनाको नेकपाले पोलिटब्यूरो वनाउने तयारी गरेको छ । जसअन्र्तगत पूर्वएमालेलाई ८१ र पूर्व माओवादीलाई ६६ जना नेताहरु रहेको पोलिटब्यूरो बन्ने पूर्व सहमति थियो । त्यही सहमतिका आधारमा दुवै पूर्ववत पार्टीहरुले आ आफनो समुहवाट पोलिटब्यूरोमा पर्ने नामहरुमा अहिले सचिवालय वैठकमा छलफल भईरहेको स्रोतले बतायो ।

तत्कालिन एमालेवाट विगत कै पोलिटब्यूरो सदस्यहरु ६१ जना र माओवादीबाट अहिले स्थायी समितिमा परेका १९ जना नेताहरु पोलिटब्यूरोमा स्वत पर्नेछन् । ततकालिन एमालेले थप २० नयाँ अनुहारलाई पोलिटब्यूरोमा लाँदैछ भने माओवादीतर्फवाट विगत सचिवालयमा रहेका र एकताका क्रममा आएका नेताहरुलाई समेटेर ४७ जना नेताहरुलाई पोलिटब्यूरोमा चयन गर्दैछ । 

प्रतिक्रिया दिनुहोस