राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीवीच आज द्दिपक्षिय वार्ता हुँदै

पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर हुने

सफल खबर संवाददाता

सोमबार, १६ बैशाख २०७६, ०९ : ५७
राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीवीच आज द्दिपक्षिय वार्ता हुँदै

काठमाडौं । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी जिनफिङवीच आज द्दिपक्षिय वार्ता हुदैछ । गणतन्त्र स्थापनाको दशकपछि नेपाली राष्ट्रपतिको राजकीय चीन भ्रमणको अवसरमा चिनियाँ राष्ट्राध्यक्षसँग द्विपक्षीय औपचारिक वार्तालाई निकै अर्थर्पूर्ण रुपमा हेरिएको छ ।

भेटवार्ताबाट नेपालले अन्तर्रािष्ट्रय स्तरमा आफ्नो पहिचान बलियो बनाउने आशा लिएको छ । चीनसँगको सम्बन्धमा नयाँपन आउने विश्वास पनि नेपाली पक्षले लिएको देखिन्छ ।  अपरान्ह्र हुने दिपक्षिय वार्ता पनि दुवै मुलुकका राष्ट प्रमुखको उपस्थितीमा पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा दुवै देशका प्रतिनिधीहरुले हस्ताक्षर समेत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–चीनबीचको पारवहन तथा यातायात सम्झौता औपचारिक रुपमा कार्यान्वयनमा आउने छ । सन् २०१६ मा नै यो सम्झौता भएको थियो । त्यसको पोटोकलमा मात्र हस्ताक्षर गरी कार्यान्वयनमा लयाउन लागिएको हो ।

प्रोटोकलमा हस्ताक्षरपछि नेपालको पहुँच उत्तरतर्फको समुद्रसम्म जोडिनेछ । यसले दुईपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास चीनको छ भने नेपाल भारतको मात्र एकपक्षीय निर्भरताबाट मुक्त हुनेछ । संविधान जारी भएपछि असन्तुष्ट भारतले गरेको आर्थिक नाकाबन्दीले नेपाललाई चीनसँग यो सम्झौता गर्नका लागि वाध्य पारेको थियो ।

दुवै देशका राष्ट्रध्यक्षको वीचमा हुने द्विपक्षीय वार्तामा पारवाहन सम्झौताको पोटोकल हस्ताक्षर वाहेक पनि पारस्परिक महत्वका साथै नेपालको चौतर्फी विकासका पक्षमा थप सम्झौतामा हस्ताक्षर हुने भ्रमण दलमै रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वताए ।

उनले बेल्ट एन्ड रोड इनिसियटिभ भित्र रहेका केही परियोजनालाई दुईपक्षीय रूपमा सहकार्य गर्न पनि त्यो प्रकारको सहमति गर्न लागिएको जानकारी दिए । त्यस्तै, चोरी–निकासी नियन्त्रण, गुणस्तर कामय गर्ने, सूचना आदानप्रदान, सीमा भन्सार व्यवस्थित गर्नेजस्ता विषयमा केही सहमति र छलफल हुने नेपाली पक्षको भनाई छ ।

राष्ट्रपति भण्डारीको वीआरआई सम्मेलनमा सहभागी हुनका लागि ९ दिने राजकीय भ्रमणका लागि चीन पुगेकी हुन् । वीआरआई सम्मेलनकै क्रममा नेपालमा रेल ल्याउने योजना समावेश भइसकेको छ । नेपालले राखेको सञ्जाल विस्तार प्रस्ताव चीनले स्वीकार गर्दै परियोजनामा सूचीबद्ध गरेको हो ।  ‘यो नेपालका लागि ठूलो उपलब्धि पनि हो। हिमालय वारपार र रेल सञ्जालसम्बन्धी नेपालको प्रस्ताव बीआरआईले स्वीकार गरेपछि नै यो भ्रमण सफलताको मानक मान्न सकिन्छ’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘आज हुने द्विपक्षीय औपचारिक वार्ताले नेपाल–चीन सम्बन्धमा थप नयाँ आयाम थपिने छ ।’

प्रतिक्रिया दिनुहोस