नेकपाको प्रदेश कमिटिमा सहइन्चार्ज थपिदै

एउटा प्रदेशमा दुई देखि चार जनासम्म थप्ने तयारी

सफल खबर संवाददाता

आइतबार, १५ बैशाख २०७६, ०७ : २३
नेकपाको प्रदेश कमिटिमा सहइन्चार्ज थपिदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको प्रदेश कमिटिमा सहइन्चार्ज थप्ने तयारी थालेको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजनका क्रममा सात ओटै प्रदेशमा सहइन्चार्ज थप्ने तयारी भएको नेकपा स्रोतले ब तायो ।

थपिने सहइन्चार्जमा सवैभन्दा वढी प्रदेश तीनमा पर्नेछन् । प्रदेश तीनमा अहिले हितबहादुर तामाङ पार्टी सहइन्चार्ज छन् । प्रदेश १ मा सावित्रिकुमार काफ्ल्, २ मा विश्वनाथ शाह, गण्डकी प्रदेशमा खगराज अधिकारी, प्रदेश ५ मा दलवहादुर राना, कर्णाली प्रदेशमा यमलाल कँडेल र सुदुरपश्चिम प्रदेशमा लक्ष्मण जोशी सहइन्चार्ज छन् ।

नेकपाको प्रदेश कमिटिमा अहिले इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार
जनाको पदाधिकारी छ ।

प्रदेश २ मा थपिने सहइन्चार्जमा नागेन्द्र चौधरी र महेन्द्र पासवान पर्ने सम्भावना रहेको स्रोतले वतायो । अन्य प्रदेशमा भने अझै छलफलका क्रममै रहेको छ । सहइन्चार्ज थपिँदा प्रत्येक प्रदेशमा तत्कालिन पार्टी एमाले र माओवादीकै वीचमा भागवन्डा हुने र त्यही भागवन्डाका आधारमा सम्वन्धित पार्टीले नाम सिफारिस गरे अनुसार थपिने पनि स्रोतले बतायो ।

नेकपामा इन्चार्ज पार्टी स्थायी समिति सदस्य छन् । सहइन्चार्ज हुने नेताहरु सवै पार्टीका अव बनाउन लागिएको पोलिटब्यूरो सदस्य हुनेछन् । अहिले रहेका पदाधिकारीमा अध्यक्षसम्मलाई पोलिटब्यूरो
सदस्य वनाउने सहमति शीर्ष नेताहरुका वीचमा भईसकेको छ ।

प्रदेश २ का सचिव समुन प्याकुरेल, प्रदेश ३ का सचिव आनन्द पोखरेल, गण्डकी प्रदेशका सचिव गोविन्द नेपाली र सुदुर पश्चिम प्रदेशका सचिव नेपवहादुर चौधरी वाहेक अन्य प्रदेशका सचिव पनि पार्टी पोलिटब्यूरो सदस्य वन्न सक्नेछन् । तर यी चार नेतालाई पोलिटब्यूरो बनाउँदा तत्कालिन पार्टीको वरिष्ठतामा सन्तुलन मिलाउन हम्मे हम्मे पर्ने भएकोले पोलिटब्यूरो वनाउन नसकिनेमा नेताहरु देखिएका छन् ।

तर प्रदेशका सचिव सम्मलाइृ नै अनिवार्य पोलिटब्यूरो सदस्य बनाउन नेकपाभित्रदवाव छ । पार्टीका केन्द्य्रीय सदस्यहरु पनि स्वत प्रदेश कमिटिको सदस्य हुन पाउने विधानको ब्यवस्था भएको र केन्द्य्रीय सदस्यलाई पनि प्रदेश पदाधिकारीले परिचालन गर्नुपर्ने अवस्था आउने भएकोले सचिव सम्मलाई पोलिटब्यूरो सदस्य वनाउन नेकपामा दबाब वढेको छ ।
तर शीर्ष नेताहरुले अध्यक्षसम्मलाई मापदण्ड नै वनाई पोलिटब्यूरो सदस्य वनाए पनि सचिवलाई भने अनिवार्य गर्न नसकिने धारणा आन्तरिक रुपमा गर्न थालेका छन् । नेकपाको भोलि सोमबार बस्ने सचिवालय वैठकले यस सम्वन्धमा निर्णय लिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस