१२ कक्षाको परिक्षा आजवाट शुरु

सफल खबर संवाददाता

आइतबार, १५ बैशाख २०७६, ०७ : १७
१२ कक्षाको परिक्षा आजवाट शुरु

काठमाडौं । यसवर्षकोे कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परिक्षामा देशभरवाट कुल चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएका छन् ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार, परिक्षा अहिले विहान ७ वजेदेखि शुरु भएको हो । १२ कक्षाको परिक्षा बैशाख २६ गते सम्म चल्नेछ ।

बोर्डले परीक्षाका लागि देशभर एक हजार १०७ परीक्षा केन्द्र राखेको छ । बोर्डका सदस्यसचिव दुर्गा अर्यालका अनुसार, परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ ।

१२ को परिक्षा सकिए लगत्तै कक्षा ११ को पनि परिक्षा शुरु हुनेछ । कक्षा ११ को परीक्षा जेठ ८ गतेवाट शुरु गर्ने गरी तयारी पूरा भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

कक्षा ११ मा भने पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागि हुने छन ।

प्रतिक्रिया दिनुहोस