रविन्द्र मिश्र नेतृत्वको पार्टीको नाम परिवर्तन

सफल खबर संवाददाता

शनिबार, १४ बैशाख २०७६, १९ : १०
रविन्द्र मिश्र नेतृत्वको पार्टीको नाम परिवर्तन

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको पार्टीले नाम परिर्वतन गरेको छ । यसअघि पार्टीको नाम विवेकशील साझा पार्टी रहेकोमा अहिले फेरेर साझा विवेकशील पार्टी राखिएको छ । 

बैशाख ११, १२ र १३ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम परिर्वतन गर्ने निर्णय गरेको हो । तत्कालीन साझा र विवेकशील पार्टीबीच एकता भएपछि साझा विवेकशील पार्टी बनेको थियो । तर, उज्वल थापा नेतृत्वको समूह फुटेर विवेकशील नेपाल दल बनाएको छ । पार्टीबाट भिन्न भएर गएकाहरुले पनि विवेकशील नाम प्रयोग गरिरहेकाले प्राविधिक जटिलताको अन्त्य गर्नका लागि नाम परिर्वतन गरिएको संयोजक मिश्रले जानकारी दिए । 


 

प्रतिक्रिया दिनुहोस