भीम रावल किन सधैँ प्रतिपक्षी ?

सफल खबर संवाददाता

आइतबार, ०८ बैशाख २०७६, ०८ : ३९
भीम रावल किन सधैँ प्रतिपक्षी ?

काठमाडौ । काग्रेस सांसद मिनेन्द्र रिजालले नेकपा नेता भीम रावललाई एकदिन संसदमै ठटटा गदै भने, ‘तपाई हाम्रो नेता वनिदिनुप¥यो । हाम्रो सभापतिको भन्दा तपाईको नेतृत्व हामीलाई संसदमा स्वीकार्य छ ।’

रावल पनि के कम !  किन खडेरी नै लागिसकेको हो र संसदमा काग्रेसलाई ? प्याटट् जवाफ फकाईहाले ।  यो सम्वाद करिव दुई महिना अगाडीको हो । नेकपाभित्रै नेता भीम रावल चर्का प्रतिपक्षी देखिन थालेपछि रिजालले संसदमा काग्रेस भन्दा रावल प्रतिपक्षी देखिएको भन्दै गरेको सम्वादका केही अंश हुन् यी ।

संसदमा नेकपाको झण्डै दुईतिहाई वहुमत छ । त्यसो भए प्रतिपक्षी को छ ? – काग्रेस । हुनुपर्ने काग्रेस नै हो । तर काग्रेस भन्दा प्रतिपक्षी नेकपाकै नेताहरु देखिन थालेका छन् । कहिले यो देश डुब्न लाग्यो भन्दै प्रतिपक्षीमा नेकपाकै वरिष्ठ नेता माधव नेपाल देखिन्छन त कहिले स्थायी समिति सदस्य भीम रावल । पात्र जो देखिएपनि आखिर प्रतिपक्षी काग्रेस होइन, नेकपा नै देखिन पुगेको छ ।

अहिले प्रतिपक्षीको नेतृत्व रावलले गरेका छन् । रावलको प्रतिपक्षीय भूमिका श्रृंखलामा छ । पछिल्लो पटक उनी पार्टी महासचिवको वालुवाटार जग्गा प्रकरणमा खरो उत्रिन  थालेका छन् । वालुवाटार ललिता निवासको जग्गा प्रकरणमा महासचिव विष्णु पौडेलका छोराको नाममा ८ आना जग्गा समेत भेटिएपछि नेकपाभित्र यो विषय वहसमा क्रमशः आउन थालेको छ ।

महासचिव पौडेलले पनि यो विषयमा दुई पटक वक्तब्य नै दिईसके । पहिलो वक्तब्य सामान्य भएपनि दोश्रोमा उनले वर्दघाटको जग्गा विक्रि गरेर ब्यक्तिमार्फत नै वालुवाटारको जग्गा किनिएको हो भन्दै थप प्रष्टिकरण दिएका छन् । तर रावललाई महासचिव को वक्तब्य चित्त वुझेको छैन । उनी यो घटनामा पार्टी र सरकारले छानविन गर्नुपर्ने वताउँदै सार्वजनिक रुपमा
उत्रिएका छन् । स्थायी समितिले यो विषयलाइृ एजेन्डा नै वनाई छलफल गर्नुपर्ने उनको पछिल्लो मत छ । आफु स्वंमले यसको तथ्य तथ्यांक संकलनमा जुटेको जिकिर गदै रावलले दोषीले उन्मुक्ति पाउन नहुने वताउन थालेका छन् ।

रावललाई प्रतिपक्षीय भूमिका निर्वाह् गर्नका लागि नेकपाले नै समयक्रम सागै विभिन्न मसला दिदै आएको छ । यस अगाडी उनी गृहमन्त्रालयले जन्मका आधारमा नागरिकता लिईसकेका ब्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन जिल्ला प्रशासन कार्यलयलाई गरेको सर्कुलरको विरोधमा पनि उत्रिए । संसदमा नागरिकता विद्ययेक छानविनकै क्रममा रहेका वेला गृहले त्यसरी सर्कुलर गर्नु उपयुक्त नभएको भन्दै उनी चर्काै आलोचनामै उत्रिए । यतिमात्र होइन, रावल आफ्नै पार्टी अध्यक्षका विरुद्धमा पनि उत्रिएका छन् ।

आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष सहभागितामा ‘विखन्डन’को नारा वोकेका सिके राउतसँग भएको सहमतिको डटेर सामना (विरोध) गर्ने उनै देखिए । राउतले सरकारलाई थाङ्नामै सुताएको उनी दावी गर्छन् ।  ‘नेपालमा स्वतन्त्र मधेस भन्ने कहिले थियो ? सिके रावतले पृथकतावादी नारा घन्काएका थिए, ति सामग्री फिर्ता लिने कुरा छैन । वरु पुरानो नारा, सामग्रीका वारेमा कारवाही नगर्ने लेखिएको छ, हटाउने कुरा छैन,’ रावललाई खुल्दुली लागेको छ, – ‘सरकारले कतै मत्युपत्रमा त हस्ताक्षर गरेन ?’ उनको यस्तो खुल्दुलीपछि नेकपाइतरका लाई लागेको छ, संसदमा प्रतिपक्षी पनि नेकपा नै छ । हुन पनि काग्रेस संसदमा भए÷नभएझै छ । सरकारलाई खवरदारी गर्न छाँया सरकार वनाउने देखि अनेकन कुरा गरेपनि काग्रेस संसदमा कम्युनिष्टहरुको
हुलभित्र कताकता हराएको छ । यस्तो भएपछि काग्रेसको प्रतिपक्षी भूमिका पनि नेकपाकै नेताले निर्वाह नगरे कसले गरिदिउन् ? संसदमा काग्रेसका सभापति  र महामन्त्री दुवै नेता छन् । तर त्यहा उनीहरुको उपस्थिती

देशको राजनीतिले महसुस गर्न सकेको छैन । नुर गुमेको र धार कुँडिएको जस्तो भूमिकामा काग्रेस देखिएको छ । पूर्व परराष्टमन्त्री रमशेनाथ पाण्डेले पनि त्यही भएर होला्, सत्ता र प्रतिपक्ष दुवैको भूमिका नेपाल कम्युनिष्ट पार्टीले लिएको देखे । उनले सामाजिक सन्जालमै लेखे, –‘सरकार र सिके राउतवीत भएको सम्झौता सर्तकतापूर्वक नपढिकनै स्वागत गरेर नेपाली काग्रेसले संसदीय
राजनीतिमा जिम्मेवार प्रतिपक्षको स्थान रिक्त रहेको फेरि पुष्टि गरेको छ । अहिले त प्रुमख प्रतिपक्षका नेता नेकपाका सांसद भीम रावल भएका छन् । सत्ता र प्रतिपक्ष दुवैको भूमिका नेपाल कम्युनिष्ट पार्टीले लिएको छ । नेपाली काग्रेस तातोपानीमा डुवुल्की मारेर प्रजा परिषद् बन्ने अभ्यासमा तल्लिन छ । ’

रावल नेकपाभित्र कडा वनेर आईरहेका छन् । सरकारकै आयोजनामा केही महिना अगाडी पिस फेडेरेसनले गरेको शान्ति सम्मेलनका वेला देखि अहिलेको सिके राउतसँगको सम्झौतासम्म उनी आफ्नै पार्टी अध्यक्ष तथा सरकारको कडा आलोचनामा उत्रिईरहेका छन् ।

प्रतिपक्ष विनै एकक्षत्र चलखेल गरिरहेको सरकारलाई पार्टीभित्रै प्रतिपक्षी  नेता जन्मिएको मन परेको छैन । उनीमाथी नेकपा नेताहरुले नै आरोप लगाउन थालेका छन्, उनले मन्त्री नपाएर वोलेका अभिब्यक्ति हुन् यी । रावलले के मन्त्री नपाएरै पार्टीभित्र प्रतिपक्षी वनेका हुन् त ? यसको जवाफ भने उनले नै ब्यवहारतः दिनुनपर्ने अवस्था आएको छ ।


 

प्रतिक्रिया दिनुहोस