Safal Khabar - भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु
आइतबार, ०८ बैशाख २०७६ (Sunday, 21 April, 2019)
भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु
सोमबार, ०२ बैशाख २०७६, १३ : ४०
भरुवा बन्दुक पड्कदा एक युवकको मृत्यु

सोलुखुम्बु । माप्यदूधकोशी गाउँपालिका – ४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।

 काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले  आइतबार साँझ बन्दुकमा गोली  भर्ने क्रममा पडकिएर उनको पेटमा गोली लागेकाले उपचारका लागि फाप्लुु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो । उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस