स्वास्थ्यमन्त्रीलाई निम्तो नदिएको भन्दै फोरम जिल्ला अध्यक्ष बम्किएपछि....

सोमबार, २५ चैत्र २०७५, १८ : ११
स्वास्थ्यमन्त्रीलाई निम्तो नदिएको भन्दै फोरम जिल्ला अध्यक्ष बम्किएपछि....

चितवन । भरतपुर अस्पतालले सोमबार ५८ वार्षिकोत्सव मनायो । कार्यक्रमका प्रमुख अतिथि थिए चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेल । कार्यक्रममा बोल्ने पालो अयो सर्वदलिय पार्टीका जिल्ला प्रतिनिधिको । सबैभन्दा सुरुमा मन्तव्यका लागि आए राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का जिल्ला अध्यक्ष प्रेमकुमार श्रेष्ठ । उनले सानो पार्टीका नेतालाई जिल्लामा स्थान नदिइने र तल्लो व्यवहार गर्ने बताए । त्यस्तै उनले सानो पार्टीकै नेता भएकै कारण कही कतै निर्णयक तहमा प्रतिनिधित्व गुनासो गरे । उनले भने–आज झुकिएर मलाई यस कार्यक्रममा बोलाउनु भएकोमा आयोजकलाई धन्यवाद दिन चाहान्छु । ।
श्रेष्ठको पालो सकिएसँगै मन्तव्यका लागि आए संघिय समाजवादी फोरम चितवनका अध्यक्ष प्रेम भूजेल । उनले सानो पार्टीको नेता भनेर पछाडिको कुर्सीमा आसन ग्रहण गराउनुपर्छ भन्दै आयोजकलाई प्रश्न गरे । यो कुरा सुनेर भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा कृष्णप्रसाद पौडेल बेस्सरी हासेँ । भूजेल त्यसपछि झनै बम्किए । स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कार्यक्रममा निम्तो नदिएको भन्दै उनी बारम्बार उफ्रि रहे । उनले भने अस्पतालको मन्त्रालय कुन पार्टी अन्र्तगत छ, देशकै तेस्रो ठुलो दल संघिय समाजवादी फोरमको । तर अस्पतालले वार्षिकोत्सव मनाउदै गर्दा स्वास्थ्यमन्त्रीलाई निम्तो दिनु पर्दैन ? सानो पार्टी भयो भनेर हेप्ने । उनले भने स्वास्थयमन्त्रीले हस्ताक्षर गरेर यही अस्पताललाई केन्द्रीय अस्पताल बनाउन हुने, तर त्यही मन्त्रीलाई कार्यक्रममा नबोलाउने ?
नेता भुजेलले  पार्टी सधै सानो मात्र नहुने भन्दै पार्टी सानो भएकै आधारमा भेदभाव गर्न नहुने बताए । उनले स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रको विकास गर्न पैसा स्वीकृत गरेपनि अर्थ मन्त्रालयले वेवास्ता गर्ने गरेको आरोप लगाए । उनले भने अर्थमन्त्री नेकपाको र स्वास्थ्यमन्त्री फोरमको भएकै कारण यस्तो समस्या देखा परेको बताए । 
प्रमुख अतिथि रहेका सांसद कृष्णभक्त पोखरेलले अहिलेको सरकार दुई तिहाईको दम्ब नदेखाई सबै पार्टीलाई समेटर समृद्धिको यात्रामा जानुपर्ने मान्यतासहित अघि बढेको बताए । उनले भने अब जिन्दावाद र मुर्दावाद भनेर बस्ने समय गए । ‘म पहिला कार्यक्रममा एक घण्टा कांग्रेसको विरोध गर्थे, उनले भने,‘अहिले म एक शब्द पनि विरोधमा खर्च गर्दिन । अब रचनात्मक ढङगबाट खबरदारी गर्ने समय आएको छ ।’ 

प्रतिक्रिया दिनुहोस