डोटीमा आन्दोलन उग्र बन्दै : १० राउण्ड हवाइ फायर, तीन घाइते

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ माघ २०७४, ०७ : ०४
डोटीमा आन्दोलन उग्र बन्दै : १० राउण्ड हवाइ फायर, तीन घाइते

प्रदेश अस्थायी राजधानीको विषयलाई लिएर सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ। बिहीबार दिउँसो दिपायलमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालय आगाडि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा १० राउण्ड हवाइ फायर भएको छ। झडपमा परी तीन आन्दोलनकारी घाइते भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

क्षेत्रीय प्रशासन कार्यालय अगाडि आन्दोलनकारीले प्रधानमन्त्रीको पुत्ला जलाएपछि झडप भएको हो। प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्याससमेत प्रहार गरेको थियो।

सरकारी मोटरसाइकल जलाइयो
आन्दोलनकारीले सरकारी मोटरसाइकलमा आगजनी गरेको छ। सरकारले गरेको निर्णयको विरोधमा जारी आन्दोलनका क्रममा डोटीमा मोटरसाइकल जलाइएको हो। अन्नपूर्णपोष्टबाट

बा १ ब ७६३९ नम्बरको मोटरसाइकलमा आन्दोलनकारीले आगो लगाएका हुन्। सदरमुकाम सिलगढीस्थित जिल्ला वन कार्यालयमा रोकेर राखिएको उक्त मोटरसाइकल आन्दोलनकारीले सडकमा ल्याएर आगो लगाएका हुन्।

प्रतिक्रिया दिनुहोस