भिभिआइपीको गाडी खरिदमा बजेट उपलब्ध गराउन रक्षाको असहमति

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ माघ २०७४, ०७ : ००
भिभिआइपीको गाडी खरिदमा बजेट उपलब्ध गराउन रक्षाको असहमति

 विशिष्ट पदाधिकारी ९(भिआइपी)को सुरक्षाका लागि सवारीसाधन खरिद गर्न बजेट उपलब्ध गराउन रक्षा मन्त्रालयले असहमति जनाएको छ । नेपाली सेनाले भिभिआइपीको सवारीका क्रममा अगाडि र पछाडि प्रयोग हुने सवारी साधन किन्न बजेट माग्दा रक्षाले विमति जनाएको हो ।

सेनाले भिभिआइपीको अगुवा(पछुवाका लागि ४ वटा सुभ जिप र ५ वटा पिकअप जिप खरिदका लागि ५ करोड ५० लाख रुपैयाँ माग गरेको थियो । सेनाको मागबमोजिम अर्थसँग छलफल नगरी रक्षाले असहमति जनाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

सेनाले एक महिनाअघि गत पुस ६ गते सवारी खरिद गर्न अर्थ मन्त्रालयबाट रकम निकासाका लागि आवश्यक प्रक्रिया अघि बढाउन रक्षामा पत्राचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस