कानु समाज चितवनको रक्तदान कार्यक्रम

सफल खबर संवाददाता

शुक्रबार, २२ चैत्र २०७५, १८ : ५६
कानु समाज चितवनको रक्तदान कार्यक्रम

चितवन । आइतबार बारा र पर्सामा आएको हावाहुरीबाट घाइते भएकाहरुलाई रगतको अभाव देखिएपछि चितवनमा रक्तदान कार्यक्रम गरिएको छ । कानु समाज चितवनको आयोजनामा शुक्रबार नारायणगढको शहिद चोकमा उक्त रक्तदान कार्यक्रम गरिएको हो । कायक्रममा १८ महिलासहित ११५ जनाले रक्तदान गरेका थिए । 

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष चन्द्रमित्र पण्डितले आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रममा वडा कार्यालयले पनि सहयोग गर्ने बताउनु भयो । कार्यक्रमका संयोजक रञ्जन शाहले मधेशी समुदायमा रगत दिन नहुने भन्ने गलत धारणलाई चिर्न पनि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

राजकुमार शाहको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त सञ्चार केन्द्र, चितवनले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा कानु समाज चितवनका संस्थापक अध्यक्ष राजकुमार कानुको पनि विशेष उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस