महोत्तरीको खोला किनारमा एक युवती मृत फेला

सफल खबर संवाददाता

शुक्रबार, २२ चैत्र २०७५, १५ : १४
महोत्तरीको खोला किनारमा एक युवती मृत फेला

महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर २ स्थित मरहा खोला किनारमा एक युवतीको शव फेला परेको छ ।

आन्दाजी २१ वर्षीया युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।शुक्रवार फेला परेको महिलाको शवको पहिचान हुन सकेको छैन ।

कसैले दुई दिन पूर्व घाँटी थिचेर हत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का रहेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस