स्कुटर चाेरी गर्ने एक जना पक्राउ

शुक्रबार, २२ चैत्र २०७५, १२ : २८
स्कुटर चाेरी गर्ने एक जना पक्राउ

साँखु । महानगरीय प्रहरी प्रभाग कपनले चोरीको स्कुटरसहित एक जनालाई पक्राउ गरको छ । बिहीबार काठमाडौँ महानगरपालिका–६ रामहिटी मुकुम गुम्बा नजिक पार्किङमा राखेकाे बा २९ प ६०७९ नम्बरको डियो स्कुटर चोरी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
 
उजुरीपछि प्रभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरसहितको प्रहरी टोलीले बिहीबार साँझ बुढानीलकण्ठ नगरपालिका–१० कपन मिलनचोकबाट स्कुटरसहित ओखलढुङ्गा घर भएका १६ वर्षीय विकास रानामगरलाई पक्राउ गरेकाे हाे । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी निरीक्षक कुँवरले जानकारी दिए । - रासस

प्रतिक्रिया दिनुहोस