लायन्स क्लव अफ नारायणगढको अध्यक्षमा निरज

विहीबार, २१ चैत्र २०७५, १९ : ०९
लायन्स क्लव अफ नारायणगढको अध्यक्षमा निरज

चितवन । चितवनको सबैभन्दा पुरानो लायन्स क्लव अफ नारायणगढको नयाँ नेतृत्व चयन गरिएको छ । क्लवको आज (विहीबार) भएको अधिवेशनले वर्ष २०१९/२० का लागि लायन निरजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो । क्लवको प्रथम उपाध्यक्षमा केशवप्रसाद अधिकारी, द्धितिय उपाध्यक्षमा प्रशन्न कुमार जोशी, तृतीय उपाध्यक्षमा जयराम श्रेष्ठ, सचिवमा सुरेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा प्रशान्तकुमार पिया, सह–सचिवमा प्रभातकुमार जोशी, सह–कोषाध्यक्षमा कृष्णराज धरेल चयन भएका छन् । 

यस्तै एलसिआईएफ कोर्डिनेटरमा सिद्धकुमार श्रेष्ठ, सर्भिस चियरपर्सनमा प्रेमकुमार श्रेष्ठ, मार्केटिङ चियपर्सनमा शान्तकुमार पिया, टेलट्वीस्टरमा कृष्णकुमार श्रेष्ठ, टेमरमा बामदेव खनाल, पिआरओमा सनद पिया, मेम्बरसिप चियरपर्सनमा उद्योग पिया चयन भएका छन् । त्यसैगरी डाईरेक्टरहरुमा चिजकुमार मास्के, दिवस पिया, रत्नप्रसाद सापकोटा, हेमन्तध्वज जोशी चयन भएका छन् । क्लवको सल्लाहकारहरुमा श्रीनारायण पिया, निरकुमार पिया सल्लाहकार चयन भएका छन् । कार्यक्रम क्लवका वर्ष २०१८÷१९ का अध्यक्ष जीवनकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस