तीनजना डीएसपीको काज सरुवा

सफल खबर संवाददाता

विहीबार, २१ चैत्र २०७५, १६ : २५
तीनजना डीएसपीको काज सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीनजना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्यालको सरुवा भएको छ । पर्वतमा कार्यरत डिएसपी भुवनेश्वर तिवारीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

तिवारी यअसघि भएको प्रहरी उपरीक्षक (एसपी) बढुवामा छुटेका थिए ।

इलाका प्रहरी कार्यालय चितवन टाँडीको इन्चार्जमा डीएसपी सन्तोष आचार्यलाई पठाईएको छ । टाँडीमा कार्यरत डिएसपी दयानिधि ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । ज्ञवालीलाई पनि प्रहरी उपरीक्षक (एसपी) बढुवामा छुटेका थिए । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटालाई पठाइएको छ । बाँकेमा कार्यरत राजेन्द प्रसाद अर्याल बाँकेस्थित दंगा नियन्त्रण गणमा सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस