निःशुल्क स्वास्थ्य शिविर गर्दै आमा आयुर्वेद सेवा प्रालि

सफल खबर संवाददाता

विहीबार, २१ चैत्र २०७५, १३ : १९
निःशुल्क स्वास्थ्य शिविर गर्दै आमा आयुर्वेद सेवा प्रालि

चितवन । आमा आयुर्वेद सेवा प्रालि पुलचोकले निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । सेवा प्रालिले आयुर्वेद परिसरमा चैत २३ गते शनिबार विहान ९ बजेदेखि साँझ ५ बजेसम्म शिविर गर्न लागेको हो । आयुर्वेद विशेषज्ञहरुबाट स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरिने आयुर्वेदका निर्देशक दिनेश श्रेष्ठले जानकारी दिनुभयो । 

शिविरमा पेट, मानसिक, छाला, यौन, नाँक, कान, घाँटी हाडजोर्नी, नशा, मलद्धार, स्त्री तथा प्रशुती, श्वास प्रश्वास, सुगर, प्रेसर, थाइराइड लगायतका रोगहरुको स्वास्थ्य चेक जाँच हुने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै शिविरमा सुगरको निःशुल्क ल्याव परीक्षण पनि गरिनेछ । शिविरमा निःशुल्क फ्रेस जमराको जुस खाने व्यवस्था मिलाइएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस