बारा र पर्सामा हुरीको चपेटामा परी ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित

बुधबार, २० चैत्र २०७५, २१ : ३५
बारा र पर्सामा हुरीको चपेटामा परी ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित

फाईल फोटो

धनुषा । बारा र पर्सामा हुरीको चपेटामा परी ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गर्दै आजको प्रदेश २ को प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख सरोजकुमार यादवले शोक प्रस्ताव सदनमा प्रस्तुत गर्नुभएको थियो । 

प्रस्तावमा गत आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको हुरीबाट कारणले २८ जनाको असामयिक निधन भएकामा गहिरो शोक प्रकट गरिएको हो । मृतकको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नाका साथै घटनामा घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

प्रस्ताव पारित भएसँगै समाभुख यादवले अर्को सूचना जारी नभएसम्म सदनको बैठक स्थगन भएको घोषणा गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस