लगानीकर्तालाई आश्वास्त पार्दै प्रधानमन्त्री ओलीले भने – लगानी गर्नुहोस् नाफाको सुनिश्चितता सरकारले गर्नेछ

शुक्रबार, १५ चैत्र २०७५, १० : ०९
लगानीकर्तालाई आश्वास्त पार्दै प्रधानमन्त्री ओलीले भने – लगानी गर्नुहोस् नाफाको सुनिश्चितता सरकारले गर्नेछ

काठमाडौँ । नेपालमा आजबाट सुरु भएको दुइदिने लगानी सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताहरुलाई लगानी गर्नुहोस् नाफाको सुनिश्चितता सरकारले गर्ने बताउनु्भयो । प्रधानमन्त्री ओलीले नेपालमा लगानीका लागि धेरै क्षेत्र रहेको बताएउँदै नेपालको विकासको लागि हुने लगानी परस्पर साझेदारीका लागि हुने बताउनुभयो ।
अर्थमन्त्री डा युवराज खतिवडाले सम्मेलनमा सहभागीलाई स्वागत गर्दै नेपालले लगानी पर्खिरहेको बताउनुभएको थियो । चालु सम्मेलनका क्रममा ७५ वटा परियोजनाहरु प्रस्ताव गरिएको बताउनुभयो । उहाँले देशमा नयाँ संविधान आएपछि तीन वटै तहका निर्वाचन भएको उल्लेख गर्दै अहिलेको सरकार प्रजातान्त्रिक तरिकाले निर्वाचित भएको समेत उल्लेख गर्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस