चितवनमा पूर्ण बजेटकालीन अन्तरक्रिया

विहीबार, १४ चैत्र २०७५, १५ : ४१
चितवनमा पूर्ण बजेटकालीन अन्तरक्रिया

चितवन । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले आज चितवनमा पूर्णकालीन अन्तरक्रियागरेको छ । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभाग निर्देशक हिमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि  जिल्ल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी प्रमुख अतिथि रहेका थिए । 
उवासंघ चितवनका अध्यक्ष सहनलाल प्रधान, मत्स्य विकास संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी, कृषि विकास बैंकका तेजप्रसाद घिमिरे, घरेलु तथा साना उद्योग कार्यालयका नारायणदत्त त्रिपाठी, चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष यज्ञप्रसाद सुवेदी, चितवन मौरीजोनका प्रमुख मेघनाथ तिमिल्सेना, वाणिज्य बैंक भरतपुरका प्रमुख इन्द्रविलास न्यौपाने, प्राडा होमप्रसाद न्यौपानेलगायतले आगामी बजेटका लागि सुझाव दिएका थिए । 

प्रतिक्रिया दिनुहोस