यी हुन् एलोभेरा जुसका फाइदा

पत्रपत्रिकाबाट

मंगलबार, १२ चैत्र २०७५, ०७ : ४८
यी हुन् एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्येको एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुसको सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

एलोभेरा (एक प्रकारको घिउकुमारी)मा ७५ प्रतिशत पानी, ७० प्रतिशत मिनरल, इन्जाइम्स, प्रोटिन, एमिनो एसिड र भिटामिनजस्ता मानवस्वास्थ्यलाई चाहिने आवश्यक तत्व  पाइन्छन् । 

नियमित एलोभेराको जुस पिउँदा शरीरमा ऊर्जा बढ्नुका साथै रोगप्रतिरोधात्मक क्षमता बलियो बन्छ ।

एलोभेरामा पाइन्ने एन्टिफ्लेमेन्टरी नामक तत्वले शरीरमा भएका विषाक्त वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ । 

क्यान्सर रोगीले दैनिक ५० ग्राम एलोभेराको जुस पिएमा फाइदा गर्छ । 

एलोभेरालाई मुखको सफाइका लागि पनि प्रयोग गर्न सकिन्छ । 

एलोभेरा जुसको सेवनले छालामा निखार आउँछ । छालालाई लामो समयसम्म जीवित राख्छ भने यसलाई मुलायम र चमकदार बनाउँछ । छालामा आउने दाद, दाग र धब्बाका लागिसमेत यो लाभदायी हुन्छ । 

एलोभेरा जुस खाएमा तौल घट्छ । साथै, बारम्बार भोक लाग्ने समस्याबाट समेत छुटकारा मिन्छ । यसको सेवनले कब्जियत र मधुमेहजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ । नयाँ पत्रिका
 

प्रतिक्रिया दिनुहोस