आजदेखि बुधबारसम्म पानी पर्ने र हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विमागले पूर्वानुमान गरेको छ ।
मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुने मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।
आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका केही स्थान, अन्य पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ ।
निरन्तर झरी पर्ने नभई वर्षा हुने र रोकिने क्रम हुने, हावाहुरी सहित पानी पर्ने संभावना रहेको मौसमविद नगरकोटीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ११ चैत्र २०७५, ०७ : ५३
लेखकबाट थप