जसका लागि हानिकारक छ ग्रिन टी

पत्रपत्रिकाबाट

आइतबार, १० चैत्र २०७५, ०७ : ३३
जसका लागि हानिकारक छ ग्रिन टी

-न्यून रक्तचाप भएका मानिसले खाली पेटमा ग्रिन टी पिउनुहुँदैन । तर, खाना खाएपछि कालो नुन थपेर दिनमा एक कपसम्म भने लिन सकिन्छ ।
-महिनावारी भएको तीन दिनसम्म ग्रिन टी नखाँदा राम्रो ।
-गर्भावस्थाको पहिलो तीन महिना र सुत्केरी हुनुभन्दा दुई महिना पहिलेदेखि ग्रिन टीको प्रयोग गर्नुहु“दैन । यसबीचको अवधिमा दिनमा दुई कपसम्म पिउन सकिन्छ ।
-स्तनपान गर्ने र गराउनेले पनि ग्रिन टी पिउनुहुँदैन ।
-किमो वा अन्य थेरापी लिएका बिरामीले ४२ दिनसम्म ग्रिन टीको सेवन गर्नुहुँदैन ।
-हृदयसम्बन्धी रोगीले कुनै प्रकारको रासायनिक औषधिको सेवन गरी ग्रिन टी पिउनुहुँदैन ।
-रगतलाई पातलो बनाउने औषधि सेवन गरेकाले पनि ग्रिन टी नपिउँदा राम्रो हो । नयाँ पत्रिका
 

प्रतिक्रिया दिनुहोस