डेब्यु गर्दै क्याट्रिनाकी बहिनी इसाबेल

पत्रपत्रिकाबाट

शनिबार, ०९ चैत्र २०७५, ०८ : ०९
डेब्यु गर्दै क्याट्रिनाकी बहिनी इसाबेल

क्याट्रिना कैफले हालै सलमान खानसँग ‘भारत’ फिल्मको सुटिङ सकाइन् । उनी विक्की कौशलसँग एक सोमा पुगेकी थिइन्, जहाँ विक्की र क्याट्रिनाले आफ्नो जीवनसँग जोडिएका कैयौँ विषयमा खुलेर बोले । 

क्याट्रिनालाई जब उनकी बहिनी इसाबेलले फिल्ममा डेब्यु गर्नेबारे सोधियो, उनले उत्साहित भएर जवाफ दिइन् । इसाबेलले पनि बलिउडमा डेब्यु गर्ने चर्चा लामो समयदेखि चलिरहेको थियो । इसाबेल पार्टी र कार्यक्रमहरूमा प्रायः क्याट्रिनाको साथमा देखिन्छिन् । त्यहीकारण पनि इसाबेलले बलिउडमा डेब्यु गर्ने हल्ला चलेको थियो ।

क्याट्रिनाले सोमा इसाबेलले आफ्नो पहिलो बलिउड फिल्मको सुटिङ सकाइसकेको बताएकी छिन् । कटरिनाले यस्तो खुलासा गर्दा विक्की कौशल पनि छक्क परेका थिए । क्याट्रिनाले भनेकी छिन् कि उनले बहिनीलाई अभिनयको केही कुरा सिकाएकी छिन् । त्यसकारण इसाबेलको बलिउड यात्रा सहज हुने उनको दाबी छ । योभन्दा अघि इसाबेलले सुरज पाञ्चोलीको छोरो आदित्यसँग फिल्म ‘टाइम टु डान्स’ खेलिरहेको चर्चा आएको थियो । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस