काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष तहको विवादले जिल्ला र जनसंगठन एकीकरण १० महिनादेखि अल्झिए पनि स्थानीय तहमा भने धमाधम एकीकरण भइरहेको छ । गण्डकीबाहेक सबै ६ वटा प्रदेश संगठन कमिटीले स्थानीय तहमा एकीकरण गराउँदै छन् । प्रदेश ३ ले तीन र ५ ले पाँच जिल्लाका वडा तहसम्म नै एकीकरण टुंग्याएको छ । सुदूरपश्चिममा सात जिल्लाको वडासम्मकै एकीकरण प्रस्ताव तयार भएको छ । यो समाचार आजको नयाँ पत्रीका दैनिकमा छ ।
प्रदेश कमिटीलाई निर्वाचन क्षेत्र र स्थानीय तहको जिम्मेवारी
स्थानीय तहको नेतृत्व टुंगो लगाउन बनेका जिल्लास्तरीय कार्यदलको सिफारिसमा स्थानीय तहको एकीकरणले तीव्रता पाएको हो । कतिपय प्रदेशले स्थानीय तहको नेतृत्वको नामावली प्रदेश कमिटीबाट अनुमोदन गराएर शपथसमेत लिइसकेका छन् । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जिल्ला नेतृत्व टुंगो लाग्न बाँकी भए पनि स्थानीय तहमा उत्साहजनक रूपमा एकीकरणको काम भइरहेको बताए । ‘देशभर सबै प्रदेशमा स्थानीय तहको नेतृत्व टुंगिरहेका छन्,’ नेम्वाङले भने, ‘अब जिल्ला नेतृत्व मात्र टुंगो लाग्न बाँकी हो, सचिवालयबाट निर्णय भएर अघि बढ्नासाथ पार्टी एकताले छिटोभन्दा छिटो पूर्णता पाउँछ ।’ उनले बाहिर आएजस्तो एकता प्रक्रिया नअल्झिएको दाबी गरे । नेकपाले प्रदेशपछि जिल्लाको नेतृत्व केन्द्रीय सचिवालयबाटै टुंगो लगाउने तयारी गरे पनि निर्वाचन क्षेत्र र स्थानीय तहको एकीकरणको जिम्मेवारी प्रदेश संगठन कमिटीलाई तोकेको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०९ चैत्र २०७५, ०८ : ०२
लेखकबाट थप